कृतवेदिन्: आभारका दुइ शब्द

जीवन सरित र तलाउ हुने बीचको एक असमन्जस छनौटझैँ लाग्छ-तलाउजस्तै स्वप्यासी, व्यग्र प्रतिक्षित औ स्थीर या सरित भै आँधीमय, उदात्त, सुस्केराजडित औ चरिष्णु? पहाडहरु निर्वासित भै स्याँठका कम्पनहरुको प्रल्लापमा हुँदा आउने दिनहरु कति प्रायोपविष्ट हुँदो हो हगि? स्थीर भैकन पनि चलित, पतीत, स्खलित, औ प्रतीत या आँधीहरुजस्तै भावित? हिउँ फुल्ने आवेगका मासहरुमा बयेलीसंग फक्रिने हेमंती सुरहरुले ल्याउने मादकता पुरानो भट्टीको बेमेल अइलाभन्दा मधुर हुँदो हो? आवेशका तरेलीहरु त्याग्न साँझपख अरुण थापा चोक पुग्नै लाग्दा आउने झमेल उकालो द्विचक्रे बाहन बेस्सरी चलाउँदै र अझ ‘साँझको जूनसगै आउँछौ तिमी भनेर...’ स्तब्ध भावार्थको सानो बोझ बिसाउने चौतारीभरि झमेल बेमेल हुनु रजको एक आयाम थियो, छ, र हुनेछ! साँघुरा गल्लीहरुमा निस्किने अव्यन्जन छाया औ बोलचित्र अनस्वरस्मृत हुनुको आभा द्युतित हुनुको पाखण्ड अझ सघन औ तृप्त हुनुको तन्त्र बाँकी छ, यानि सरित र सरितझैँ झ्यालिंचा असवा:


देश डुलेर मैमत्त हुनुको क्षीण शृंखला औ शीषणआकृत काय छउन्जेल त्रस्त हुनुको के अर्थ? कति मान्छेहरुसंगका सान्निध्यहरु अन्तिम पनि त हुन्छन-अनायासै! जिन्दगी त तलाउ होइनरैछ झैं लाग्छ, फेरी प्रेमिल भएर बहनु, व्यग्र हुनु, गति औ सम्पात, रोध, कलुष औ स्निघ्धता, आवेग औ सततको बेमेल संगम नै सही--नदी हुनु प्रेमिल हो? कालीगण्डकी किनार एक सर्को बिडी तान्दै सोध्न पुगेको एक यायावरले आखिर के भाष्य खोज्दो हो? भ्रम, तमस्, औ संवेदना!

समय बेहद पहेली रैछ, सार कतै नभेटिने-सरित औ शिथिल हुनुको शुष्क निवेदन, हिमालहरुझैं हेमन्तको बेमेल प्रतीक्षा औ स्पर्षित भैकन पनि अनित्य औ मृतप्राय: व्यग्रता! चराहरु आउने रात जूनको मधुरो ज्वालकभरि लालीमा पोखिएका छन्, स्मृत औ अल्पकृत आकृतिहरु संसाझै भुवासरि छन्-वन्चना हो यो, अधीर तर मधुरालापी! हिउँका साना आकृतिझैं लाग्ने र भावातीत हुँदा पनि प्रियसंवासको युगीन आवन्तर तैलचित्रको स्थूलपटभरि छरिएका साना तर प्रेमिल स्पन्दनहरुको साथ छ, यो रहस् कदापि होइन, साथहरुको एक पूर्ण गुन्जा हो-साथहरुजस्तै, विस्मृतप्राय भएर पनि आउने छोटा तार औ संदेशझैं, आभाझैं, औ संयोगका संगमहरुझैं-‘ला दोल्चे भिता’!

यो संसाँझको एकल सान्निध्यले अर्को अनुरागी हिउँद लिएर आउंछ, अनि चक्र धराको अनित्य-क्षणिक हुनुको आभाष नहुँदा आह्लादित भइरहने फिका मुस्कानहरुमा पनि बोलचित्र औ चलचित्रहरु बने हगि? को थियो एक स्वप्नद्रष्टा? को हिमालहरुसंगै, नदीहरुसंगै, बतास औ सन्नाटाहरुमा प्रेमिल भैरह्यो?

एक कृतज्ञः ?

Comments

Popular posts from this blog

Home

लाउरा