Posts

Showing posts from 2026

उस वक्त, उस घडी, उस प्रहरको सलाम ...

Image
  हिन्दी सिनेमा ‘एक दुजे के लिए’ र ‘हिना’ का दुइ मायावी गीतहरु गत सप्ताहन्तदेखिन मैले तारन्तार सुनेको आभाष भयो, प्रसंग? प्रसंग कुनै थिएन , ब्याकग्राउण्डको अटोप्ले नै प्रसंग हो र यो ब्लगचाहिं तिनै परिकल्पनाहरुको अजादी! उठान जहाँबाट गरे पनि यो क्वाँटीको झोलझैं हुनाले पाठकहरुलाई दिक्क लाग्दो , गीत सुन्दाचाहिं रफ्फु हानेका पहाडको खोस्रो उदासी ट्वाल्ल आउँदो हो , उदासी नै सही मैले दुइ कालजयी गीतलाइ कृतज्ञता जनाउने सोच राखें , बेप्रसंग, विल्कुल अजाद सोचमा! तू है दिल के करीब दूर आंखों से हम तन्हाइयों में बाते करे तेरी यादों से ... पहाडका कैयन ग्राह्य चिन्तनहरु हुँदा भेटिने कतिबिघ्न यादहरुमा पनि मान्छेहरु भेटिन्छन, भेटाउने पहाडहरु किन धन्य छैनन् हँ? म किन यतिबिघ्न कृतघ्न भै बाँचे होला हगि? समय, पल , हावा , पर्वत, फूल, आवेग , भमरा, वेग , आँधी (बारा-पर्साको आँधी नै किन नहोस!? जसले भेट गराएन कोही), बयेली, तलैया, सम्मोहन, झिल, सरिता, के नहोला आखिर कसैलाई भेट्दा औ कसैसग हुँदा नहुँदा अनुपस्थित? के धन्य बन्नु पर्दैन? कोइ मुस्किल ना आए तेरी राहो में पहुँचे साथ खैरियत अपने मन्जिलकी ...

दुइ टाके च्या, कल्याणपूरे पेडा औ सुन्दरीहरु

Image
कफी मन पराउछौ? त्यति उत्साही नभएपनि यत्तिकै भन्दिए, खासमा त म विराटचोकको दुइ टाकावाला च्या मन पराउछु-आवेगहरुको अन्त्य भै खलासीलाइ पिन्की देखाएर रोकिदै गर्दा हुस्सूले पूर्णत: ढाकिएको होस, तन्मयी जवानीको निरस उत्सर्जन पोख्न नसकेर कल्याणपुर नपुग्दै सुन्दरी पेडा भन्डार खोलेर बसेका फत्तेपुर ब्लुजको कहानी मन पर्छ नि मलाइ त-प्राङ्गारिक क्या! आखा झिम्काउदै दिएको सानो पेलामा गाढा चिनीको कडक रङ होस, तिमीजस्तै यौवनी र तुफानी लाग्छ मलाइ। त्यसो त एकसाथ देखेका धनेशहरुजस्तै खलिहानभरि तिम्रो प्रतिक्षा त कस्ले गर्यो होला र, एक दिन चौधरी ब्रान्ड पोतिएको साइकल चढेर कल्भर्टमा पर्खिदै मन्द मुस्कानसहित धड्किएको अमेल औ अव्यक्त प्रेम कुनै बिरगन्जीया कहानीभन्दा सस्तो होला र? सेता हिमालहरुको आकृति आक्कलझुक्कल देखिने पर्वतहरुमा तिम्रा चिसा हातहरुले कत्रोबिधि हियाएका थिए, उस्तै स्निघ्ध भएको अमर्त्य पालुवालाइ हेरेर प्रेषित म तिमीलाइ बहोत प्यार गर्छु फूलवा त ऋचाजस्तै गुन्जियो, मलाइ आवन्तरहरुले प्रेम गरे औ आघात पनि। तलाउ, पर्वत औ मन्जरीहरुको सुकोमल परिभ्रमण तिमीसम्म पुगेको देखेर चकित औ पुलकित भै स्फुरणको अन्त्य भएको...