दुइ टाके च्या, कल्याणपूरे पेडा औ सुन्दरीहरु
कफी मन पराउछौ? त्यति उत्साही नभएपनि यत्तिकै भन्दिए, खासमा त म विराटचोकको दुइ टाकावाला च्या मन पराउछु-आवेगहरुको अन्त्य भै खलासीलाइ पिन्की देखाएर रोकिदै गर्दा हुस्सूले पूर्णत: ढाकिएको होस, तन्मयी जवानीको निरस उत्सर्जन पोख्न नसकेर कल्याणपुर नपुग्दै सुन्दरी पेडा भन्डार खोलेर बसेका फत्तेपुर ब्लुजको कहानी मन पर्छ नि मलाइ त-प्राङ्गारिक क्या! आखा झिम्काउदै दिएको सानो पेलामा गाढा चिनीको कडक रङ होस, तिमीजस्तै यौवनी र तुफानी लाग्छ मलाइ। त्यसो त एकसाथ देखेका धनेशहरुजस्तै खलिहानभरि तिम्रो प्रतिक्षा त कस्ले गर्यो होला र, एक दिन चौधरी ब्रान्ड पोतिएको साइकल चढेर कल्भर्टमा पर्खिदै मन्द मुस्कानसहित धड्किएको अमेल औ अव्यक्त प्रेम कुनै बिरगन्जीया कहानीभन्दा सस्तो होला र? सेता हिमालहरुको आकृति आक्कलझुक्कल देखिने पर्वतहरुमा तिम्रा चिसा हातहरुले कत्रोबिधि हियाएका थिए, उस्तै स्निघ्ध भएको अमर्त्य पालुवालाइ हेरेर प्रेषित म तिमीलाइ बहोत प्यार गर्छु फूलवा त ऋचाजस्तै गुन्जियो, मलाइ आवन्तरहरुले प्रेम गरे औ आघात पनि। तलाउ, पर्वत औ मन्जरीहरुको सुकोमल परिभ्रमण तिमीसम्म पुगेको देखेर चकित औ पुलकित भै स्फुरणको अन्त्य भएको...