Posts

दुइ टाके च्या, कल्याणपूरे पेडा औ सुन्दरीहरु

Image
कफी मन पराउछौ? त्यति उत्साही नभएपनि यत्तिकै भन्दिए, खासमा त म विराटचोकको दुइ टाकावाला च्या मन पराउछु-आवेगहरुको अन्त्य भै खलासीलाइ पिन्की देखाएर रोकिदै गर्दा हुस्सूले पूर्णत: ढाकिएको होस, तन्मयी जवानीको निरस उत्सर्जन पोख्न नसकेर कल्याणपुर नपुग्दै सुन्दरी पेडा भन्डार खोलेर बसेका फत्तेपुर ब्लुजको कहानी मन पर्छ नि मलाइ त-प्राङ्गारिक क्या! आखा झिम्काउदै दिएको सानो पेलामा गाढा चिनीको कडक रङ होस, तिमीजस्तै यौवनी र तुफानी लाग्छ मलाइ। त्यसो त एकसाथ देखेका धनेशहरुजस्तै खलिहानभरि तिम्रो प्रतिक्षा त कस्ले गर्यो होला र, एक दिन चौधरी ब्रान्ड पोतिएको साइकल चढेर कल्भर्टमा पर्खिदै मन्द मुस्कानसहित धड्किएको अमेल औ अव्यक्त प्रेम कुनै बिरगन्जीया कहानीभन्दा सस्तो होला र? सेता हिमालहरुको आकृति आक्कलझुक्कल देखिने पर्वतहरुमा तिम्रा चिसा हातहरुले कत्रोबिधि हियाएका थिए, उस्तै स्निघ्ध भएको अमर्त्य पालुवालाइ हेरेर प्रेषित म तिमीलाइ बहोत प्यार गर्छु फूलवा त ऋचाजस्तै गुन्जियो, मलाइ आवन्तरहरुले प्रेम गरे औ आघात पनि। तलाउ, पर्वत औ मन्जरीहरुको सुकोमल परिभ्रमण तिमीसम्म पुगेको देखेर चकित औ पुलकित भै स्फुरणको अन्त्य भएको...

कृतवेदिन्: आभारका दुइ शब्द

Image
जीवन सरित र तलाउ हुने बीचको एक असमन्जस छनौटझैँ लाग्छ-तलाउजस्तै स्वप्यासी, व्यग्र प्रतिक्षित औ स्थीर या सरित भै आँधीमय, उदात्त, सुस्केराजडित औ चरिष्णु? पहाडहरु निर्वासित भै स्याँठका कम्पनहरुको प्रल्लापमा हुँदा आउने दिनहरु कति प्रायोपविष्ट हुँदो हो हगि? स्थीर भैकन पनि चलित, पतीत, स्खलित, औ प्रतीत या आँधीहरुजस्तै भावित? हिउँ फुल्ने आवेगका मासहरुमा बयेलीसंग फक्रिने हेमंती सुरहरुले ल्याउने मादकता पुरानो भट्टीको बेमेल अइलाभन्दा मधुर हुँदो हो? आवेशका तरेलीहरु त्याग्न साँझपख अरुण थापा चोक पुग्नै लाग्दा आउने झमेल उकालो द्विचक्रे बाहन बेस्सरी चलाउँदै र अझ ‘साँझको जूनसगै आउँछौ तिमी भनेर...’ स्तब्ध भावार्थको सानो बोझ बिसाउने चौतारीभरि झमेल बेमेल हुनु रजको एक आयाम थियो , छ, र हुनेछ! साँघुरा गल्लीहरुमा निस्किने अव्यन्जन छाया औ बोलचित्र अनस्वरस्मृत हुनुको आभा द्युतित हुनुको पाखण्ड अझ सघन औ तृप्त हुनुको तन्त्र बाँकी छ, यानि सरित र सरितझैँ झ्यालिंचा असवा: देश डुलेर मैमत्त हुनुको क्षीण शृंखला औ शीषणआकृत काय छउन्जेल त्रस्त हुनुको के अर्थ? कति मान्छेहरुसंगका सान्निध्यहरु अन्तिम पनि त हुन्छन-अनायासै ! ज...

छोर्तेन, ओसंस अपार्ट औ अल्केमिस्ट

Image
छोर्तेनहरुमा फूल चढाउदै गर्दा बयेलीहरु आए, तिम्रो सुवास लिएर! म अलिक स्टुपीड छु भनेर लेखिएको एउटा वाक्यझैँ लाग्ने नितान्त उच्छवासले दूरीलाइ जिस्काएझै लाग्ने हिमालका सेता आकृतिहरु देखा परे, उस्तै मुस्कानहरु पनि-स्निघ्ध, अर्धतरल औ ब्युत्पन्न! महिनौपछी हिमाल र तिमी सगै झुल्किएझै एउटा मृतप्राय लाग्ने धराको सुगन्ध तिमीलाई मन पर्थ्यो, उस्तै लाग्ने धुपीका स्वप्निल तर काँडेदार सदावहारहरु! कानमा रिचर्डको ओसंस अपार्ट बज्दै गर्दा तिम्रो आकृति सजीव बन्छ, यति सजीव कि म कालिका गएर सिधै तिम्रो नाम जपिदिन्छु! हावा, उच्छवास, र प्रकृतिका स्वप्नले कुँदेका हिमाच्छादित पर्वतहरु सुस्केरामा तिम्रै गीत गाउदै थिए, म हराएं! भावहरुले माया गरे, निवृत्त भैकन पनि नागबेलीहरु तंग्रिए र फूलहरु उमारे छोर्तेनहरुकै लागि भनेर! म छोर्तेन दाहिना पारेर हिडेको अल्केमिस्ट जस्तै टोलाउदै हिडे, मुस्कुराएं उस्तै प्रिय लाग्ने ति छोटा तर सुन्दर संदेशहरुको भेउ पाएर! मैले ताराहरु खस्लान कि भनेर पश्चिमी आकाश पनि शशी छउन्जेल हेरिरहे, ताराहरूले गिज्याए! म लजाइदिए यसै! सम्झें-निशाको यो छटा तिमीसम्म पुग्दा म फेरी यात्री भैसकेको हुन्छु, ति...

आरुका फूलहरु

Image
पूर्वी आकाशमा आरुका फूलहरुजस्तै ताराहरु एकनास उल्लासित थिए, हिमालका फिका मुस्कानहरु नखुल्दै तिमीसग प्रेम भयो! रातहरुले नयनका पर्दा नउघार्दै पदचापहरुको छायाचित्र कोरेर म तिम्रो अमर प्रेमको बाटो गएको थिएं, यात्री- कस्ले भन्यो? नियात्री हो म यात्री होइन, आंखै अगाडिको माछापुच्छ्रे औ मर्दी हिमाललाइ साफसाफ भन्दिएं, हो म नियात्री हो! बेसक्याम्पहरु ठुस्स परे, मैले फेरि भन्दिएं, ठुस्की! नाकको डांडीमा रिस भएकाहरु! मोदीको तिरैतिर सुस्काहटमा अमृत यादहरुको झोला थपेर मलाइ फांटजस्ता लागेपनि उतिबिघ्न बयेली नभरिएका स्निघ्ध लालिमाहरुसगै पथिक हुने मन भयो-एक्लो बिल्कुल एक्लो! आक्कलझुक्कल बेसक्याम्पबाट फर्किनेहरु सोध्छन, ट्राभलिङ योर्सेल्फ? म नसुनेझैं गरेर मुसुक्क हांस्छु औ भन्दिन्छु थ्री! हाउ कम? एउटालाइ गज्जब लागेर प्रश्नार्थी हुन्छ। स्याडो, हर ह्यालुसिनेसन्स एन्ड मी, म सम्वार्ता छोट्याउन चाहन्छु, झन्डै ४००० मिटर पुगिसकेपछि मलाइ बोली कम औ पर्याप्त परिकल्पनाको साथ प्रिय हुन थाल्छ, तिमी दक्षिणी मोहडाबाट यतै झर्दै गरेकी भेटिए है? मनोवादको शृङ्खलाको एउटा पर्वत उरालिन्छ, भावहरुको बेमेल पर्दा हुदै अनायासै साटि...

हेटौंडा : एक पुकी डेलुलु

Image
हेटौडासंग मेरो कुनै असामान्य अब्सेसन छ, मलाइ उस्तै अब्सेसन चाहिं कलामसी भक्तपुर, तरान्चे लम्जुंग र मादीकिनार कास्कीसंग हुँदो हो! हेटौडाप्रतिको मेरो अब्सेसन कर्रा र राप्तीको भेल, सामरी पुल, तिनपिप्लेको प्रेमिल रंग या स्टोन्ड भएर सम्झिने नेवारपानीप्रतिको आशक्ति कदापि होइन, चल्तीको भाषामा मलाइ हेटौडा 'क्युट' लाग्छ, जेन-जीको भाषामा चाहिं पुकी! आखिर किन लाग्दो हो हगि मलाइ? हेटौडा सायद एक संगम भएर होला, प्रस्थानविन्दु भएर अलिकति काठमान्डूप्रति इर्ष्या गर्ने, चोकबजारमा जुलेबी पसलमा जेरीस्वारी सुइक्याएर पत्रिकाले हात पुछेर सिङ्गडा खाँदा थपी थपी सब्जीको झोल खान पाएर? कस्तो विस्मृत भएर पनि अक्सर स्मृत भइराख्ने हेटौडामा अझै इन्द्रकुमारी भएर या धूप छल्न तत्कालै सहर बनेको चितौन छल्न पुगेका आवामहरुको सुस्काहट देखेर? अझ चुरियामाइतिरका अक्सर राता लाग्ने पहाडहरुमा पीपलको रुखमुनि दिनभरि सुतेर संसाझमा घ्यु बास्ना निकालेर झानेका रसिला घरेलु 'भुजा' खान हतारिएको आभाष भएर? हेटौडाले पनि आइस्यो गैस्यो सिकेको छ, पदमपोखरी जाने टरकको डालीमा लालिमा बोकेर तर्र चुहिएलाझैं रगत भएका आस्यांगका छोरीहरु अ...

प्रिय शरद

Image
पूर्णिमाको धेरै दिन पछी भए पनि आकाशगंगा चहकिलो भै रापिलो क्षितिजको बाटो थियो, धीमा आकृतिका पदचापहरु पछ्याउनु पर्ने ती जंघारहरुमा हिमालका आकृतिहरुले यौवन संदेश दिएका थिए, यानी ताराहरुको बेजोड उच्छवास थियो, काल्पनिक आकाशजस्तै लाग्ने त्यो सिंगो आकाश मलाइ वर्षौ खण्डित लाग्थ्यो, आधा-आधा या केही भाग लालचको अभावमा बाडिएकोझैँ लाग्ने! युगीन सहारा र विजयको निर्भिकता पनि उतिकै थियो, फलामे पूलहरु तरेर मुटु कपाउने अजंगका पहाडहरुको लालच मलाइ उति थिएन, तिमी थियौ, मलाइ आकाशगङ्गाझैँ पूर्णता लाग्यो! तारहरु हुन्थे, युगीन, स्वच्छन्द औ पुलकित! कतिपय तारहरुले त बयेलीका छायाचित्रजस्तै छ्यांग उज्यालो बनाए, शुष्क लाग्ने परिभ्रमणीय हिमपर्वतहरुको बेजोड यादहरुको स्निघ्ध मुस्कुराहटमा तिमीले त्राण दियौ, त्यही त्राण सान्निध्यको बेमेल अवचेतन बनेर बसेथ्यो, उचाई थियो, सुस्केरा, अचानक मुखाकृतिहरुलाई तिमीले नवीन आवरण दिएर युगीन बनायौ, छालहरु आउनुअघि नै मादक आलिंगनका पार्श्वछायाहरूको बिगुल बजेर मलाइ बिउझाए, तिमी थियौ, शान्त तर अल्प लाग्ने हावाका झोकाहरु, स्याँठ औ बेनामी पर्वतहरु जहा यस्तै कहानीका आवंतर, उपमा, अवतरण र अन्त...

अन्त्यहरु

Image
अन्त्यहरु यसरी अकारण बनिदिन्छन-सुनौला हिउदहरुले पनि पारिलो घाम नल्याएझैँ ...उस्तै परिच्छेदहरुको भावातीत वहिर्गमन बस! टिपेर छोडेका फुलहरुझैँ, यानी फुलको अर्थ फुलै नरहेपछि, निर्जीव परिकल्पनाका स्वेतकणिका अद्भुत, अतृप्त औ भयानक, अकारण यसरी अन्त्य! पुनर्जीवनका अध्यायहरु, व्यग्र चेतन औ स्फुरित मस्तिष्क, छाव तन्नम र मधुरिमा, शालीन र एब्सट्रयाक्टझैँ लाग्ने अप्रिय/अर्धप्रिय/खिन्न औ शिथिल मुस्कान, वाइनको गिलासझैँ पूर्ण/अपूर्ण, निर्जीव/सजीव, क्यानाभासै ठिक तिमी त! सजीव परिकल्पना बाहिरकी, तिमी जे बोल्छौ उन्नत तिम्रा आखाहरू बोल्छन, सोच्छन ओठहरु, निर्जीव तिमीमा यी सब छन् जो तिमी आफैसग छैनन् या म देख्न नसकू... तिमी यन्त्र हौ, वागहरु औधी प्यारो लाग्नु, स्याँठ छल्दै त्यहि टहलिनुमै मज्जा छ, तिमीमा त्यो छैन!