छोर्तेन, ओसंस अपार्ट औ अल्केमिस्ट

छोर्तेनहरुमा फूल चढाउदै गर्दा बयेलीहरु आए, तिम्रो सुवास लिएर! म अलिक स्टुपीड छु भनेर लेखिएको एउटा वाक्यझैँ लाग्ने नितान्त उच्छवासले दूरीलाइ जिस्काएझै लाग्ने हिमालका सेता आकृतिहरु देखा परे, उस्तै मुस्कानहरु पनि-स्निघ्ध, अर्धतरल औ ब्युत्पन्न! महिनौपछी हिमाल र तिमी सगै झुल्किएझै एउटा मृतप्राय लाग्ने धराको सुगन्ध तिमीलाई मन पर्थ्यो, उस्तै लाग्ने धुपीका स्वप्निल तर काँडेदार सदावहारहरु! कानमा रिचर्डको ओसंस अपार्ट बज्दै गर्दा तिम्रो आकृति सजीव बन्छ, यति सजीव कि म कालिका गएर सिधै तिम्रो नाम जपिदिन्छु!





हावा, उच्छवास, र प्रकृतिका स्वप्नले कुँदेका हिमाच्छादित पर्वतहरु सुस्केरामा तिम्रै गीत गाउदै थिए, म हराएं! भावहरुले माया गरे, निवृत्त भैकन पनि नागबेलीहरु तंग्रिए र फूलहरु उमारे छोर्तेनहरुकै लागि भनेर! म छोर्तेन दाहिना पारेर हिडेको अल्केमिस्ट जस्तै टोलाउदै हिडे, मुस्कुराएं उस्तै प्रिय लाग्ने ति छोटा तर सुन्दर संदेशहरुको भेउ पाएर! मैले ताराहरु खस्लान कि भनेर पश्चिमी आकाश पनि शशी छउन्जेल हेरिरहे, ताराहरूले गिज्याए! म लजाइदिए यसै! सम्झें-निशाको यो छटा तिमीसम्म पुग्दा म फेरी यात्री भैसकेको हुन्छु, तिम्रो प्रिय माटोको सुगन्ध पान गरिरहेको, फकिर हुदै गरेको या स्तुत्य ओठहरुले गुन्गुनाईरहेको! यतिबिघ्न स्वच्छन्द स्मरणहरुले तिमीलाई छोएनन?

Comments

Popular posts from this blog

Home

कृतवेदिन्: आभारका दुइ शब्द

लाउरा