दुइ टाके च्या, कल्याणपूरे पेडा औ सुन्दरीहरु

कफी मन पराउछौ? त्यति उत्साही नभएपनि यत्तिकै भन्दिए, खासमा त म विराटचोकको दुइ टाकावाला च्या मन पराउछु-आवेगहरुको अन्त्य भै खलासीलाइ पिन्की देखाएर रोकिदै गर्दा हुस्सूले पूर्णत: ढाकिएको होस, तन्मयी जवानीको निरस उत्सर्जन पोख्न नसकेर कल्याणपुर नपुग्दै सुन्दरी पेडा भन्डार खोलेर बसेका फत्तेपुर ब्लुजको कहानी मन पर्छ नि मलाइ त-प्राङ्गारिक क्या! आखा झिम्काउदै दिएको सानो पेलामा गाढा चिनीको कडक रङ होस, तिमीजस्तै यौवनी र तुफानी लाग्छ मलाइ। त्यसो त एकसाथ देखेका धनेशहरुजस्तै खलिहानभरि तिम्रो प्रतिक्षा त कस्ले गर्यो होला र, एक दिन चौधरी ब्रान्ड पोतिएको साइकल चढेर कल्भर्टमा पर्खिदै मन्द मुस्कानसहित धड्किएको अमेल औ अव्यक्त प्रेम कुनै बिरगन्जीया कहानीभन्दा सस्तो होला र? सेता हिमालहरुको आकृति आक्कलझुक्कल देखिने पर्वतहरुमा तिम्रा चिसा हातहरुले कत्रोबिधि हियाएका थिए, उस्तै स्निघ्ध भएको अमर्त्य पालुवालाइ हेरेर प्रेषित म तिमीलाइ बहोत प्यार गर्छु फूलवा त ऋचाजस्तै गुन्जियो, मलाइ आवन्तरहरुले प्रेम गरे औ आघात पनि। तलाउ, पर्वत औ मन्जरीहरुको सुकोमल परिभ्रमण तिमीसम्म पुगेको देखेर चकित औ पुलकित भै स्फुरणको अन्त्य भएको स्वप्निल रात याद छ? ताराहरु झरे पनि निन्द्रा पटक्कै झरेन, आंधी तुफान औ सन्नाटाको एकनास संगम थियो त्यो, उस्तै-तिमी संगममा मिल्यौ मेरा परेलीहरु रुझे!


मुक्त आकाशको खोजीजस्तै समर्पणको अन्त्य भएको कुनै प्रहरमा उदाएका ताराहरुको हिसाब छ? बेहिसाब बनेर फकिरिय जिन्दगी बांचेको उन्नत पलहरुले पनि उस्तै आवागमनको प्रतिक्षा गरेको देख्छु, त्यतिन्जेल म अन्त्यको उत्सर्जित पर्खाइ, हिमाली वेगहरु, पर्वानाका आवेगहरु औ कैलाशको पान अड्डामा गएर कैलाशजी लगाउनुस एउटा भनेजस्तै क्षीण लाग्छ- विवेक दा ले अक्सर प्रेरित गर्ने शैशवी हिउद होस् या अष्ट्रेलियादेखि सरोज दा ले पठाउने स्नेहको पार्सल। उज्यालो आउछ, म मन नपराउने भैसकेको हुन्छु, मलाइ म बांचेको युगअघि राजीनामा लेखेर बेहद औ बेतुक जीन्दगी बाच्न मन छ-जहा तिमी, म, औ यो चराचर जगत अस्तित्वहीन छ, मलाइ माटोसग कुरा गर्न मन छ, वृक्षसग स्नेह गर्न मन छ, हिमालहरुको च्यादर ओढेर मलाइ लमतन्न सुत्न औ मुस्कुराउन मन छ, तिमी सानिध्यको पूजा गर्छौ मलाइ आकाशहरु प्यासी लाग्छ, चराहरु विरही औ मसानहरु सजीव- प्रेतकल्पको ख्या जस्तै चिच्याहटको सङीत उनेर मलाइ परिकल्पनाको आयाम बनाउन मन हुदो हो, तिमी वासन्ती आभाहरुको फूलजस्तै फुल्ने बहार भए पो!

Comments

Popular posts from this blog

Home

कृतवेदिन्: आभारका दुइ शब्द

लाउरा