उस वक्त, उस घडी, उस प्रहरको सलाम ...
हिन्दी सिनेमा ‘एक दुजे के लिए’ र ‘हिना’
का दुइ मायावी गीतहरु गत सप्ताहन्तदेखिन मैले तारन्तार सुनेको आभाष भयो, प्रसंग?
प्रसंग कुनै थिएन, ब्याकग्राउण्डको अटोप्ले
नै प्रसंग हो र यो ब्लगचाहिं तिनै परिकल्पनाहरुको अजादी! उठान जहाँबाट गरे पनि यो
क्वाँटीको झोलझैं हुनाले पाठकहरुलाई दिक्क लाग्दो, गीत
सुन्दाचाहिं रफ्फु हानेका पहाडको खोस्रो उदासी ट्वाल्ल आउँदो हो, उदासी नै सही मैले दुइ कालजयी गीतलाइ कृतज्ञता जनाउने सोच राखें, बेप्रसंग, विल्कुल अजाद सोचमा!
तू है दिल के करीब दूर आंखों से
हम तन्हाइयों में बाते करे तेरी यादों
से ...
पहाडका कैयन ग्राह्य चिन्तनहरु हुँदा
भेटिने कतिबिघ्न यादहरुमा पनि मान्छेहरु भेटिन्छन, भेटाउने पहाडहरु किन धन्य छैनन्
हँ? म किन यतिबिघ्न कृतघ्न भै बाँचे होला हगि? समय, पल, हावा, पर्वत, फूल, आवेग, भमरा, वेग, आँधी (बारा-पर्साको आँधी नै किन नहोस!?
जसले भेट गराएन कोही), बयेली, तलैया, सम्मोहन, झिल, सरिता, के नहोला आखिर कसैलाई
भेट्दा औ कसैसग हुँदा नहुँदा अनुपस्थित? के धन्य बन्नु पर्दैन?
कोइ मुस्किल ना आए तेरी राहो में
पहुँचे साथ खैरियत अपने मन्जिलकी बाहो
में
तुझे तेरी मन्जिल गले से लगाले
जानेवाले ओ जानेवाले
आयामहरुसंग धन्य हुनेले आखिर आगतसंग
किन धन्य नहुने? किन नभन्ने बाँकी पलहरुको लागि शुभकामना! तलाउ र छहराहरु के धन्य
छैनन्? किन असंगत छन् वर्षातहरु? वर्षातको शुष्कतामा पनि त ठूलो छाता ओढेर फोका
गन्दै सहरका गल्लीगल्लीमा संगीत सुन्ने को थियो? को व्यग्रताको आभा बोकेर मुस्कुराउंथ्यो
भेलहरुमा? भेलहरुप्रति धन्य हुँदै, फेरि ...
जिसमें जवान होकर बदनाम हम हुए
उस शहर, उस गली, उस घर को सलाम
जिसने हमें मिलाया, जिसने जुदा किया उस वक्त, उस घड़ी, उस गजर को सलाम
ए प्यार, तेरी
पहली नज़र को सलाम, सलाम
ए प्यार तेरी पहली नज़र को सलाम
...
प्रेमिल हुनु भनेको के नै रहेछ र आखिर? युगको
बोध गर्न हिंडेको लफंगो तर मिलेनियम प्रब्लम सल्भ गर्छु भनेर तीन दशक छुट्टयाउने
कुनै पथिक या पथभ्रष्टबाट अपेक्षित हो र कृतज्ञता? किन होइन आखिर? बाँचेका परिवेशहरुले
पो वासन्ती आभा ल्याउँछन् त, शिशिरको आभा देखिन्छ कतै? किन धन्य नहुने शिशिरसंग
जसले सिंगै वासन्ती आभाहरुका आयाम जगेर्ना गर्यो?
आज म शिशिरप्रति पनि धन्य हुन्छु...
दिए जिन्दगीके तुम्ही ने उजाले
दिलवाले ओ दिलवाले
मेरा दिल ना चाहे के तुमसे विदा ले
दिलवाले ओ दिलवाले
मैले कुनै दिन एक चित्रकारलाइ भनें, म
त्यस्तो चित्र चाहन्छु जहाँ घुर्मैलो जून ठूलो रुखका हाँगाहरुदेखिन निस्प्रिय भै
निस्केको होस्, र कुनै चौतारीको पीपलको
रुखमुनि म ब्याकप्याक सिरानी हालेर पल्टिरहेको हुँ, पहाडहरु अनन्त हुन्, कैले नछिचोलिने औ स्तब्ध, आगत विगत सबैका साक्षी! के प्रेम थियो त्यो?
तू है दिल के करीब
दूर आँखों से
हम तन्हाईयों में
बातें करे तेरी यादों से
फूल से दिल पर पड़ गए छाले
जानेवाले ओ जानेवाले
त्यो प्रेम थिएन, आभा थियो—अमर प्रेमको आभा, प्रेमिल त जून पो हो त,
तारा थियो त्यो आफैं चम्किने, पुलकित तर धीमा! स्तब्धताको अर्को नाता तर स्वप्नझैँ
उदात्त! को ताराहरु हेरेर टोलाउँछ पूर्णिमाको रातमा? जरुर त्यो थिएन वेगको शील, शान्त भैकन पनि उजागर औ अतृप्त! स्थूल थियो र? अहँ थिएन, बस एक प्युसो थियो, प्रेमिल भएर कुथुर्के! यो आयतन
आफैमा पहिलो थिएन, प्रेमहरु कहिले सुरु भए होला? कसले दिल
दियो होला हगि धरामा पहिलोचोटी? को रित्तियो होला औ को
मुस्कुरायो? कसको धड्कन पहिलो चोटी तेज भयो होला या को प्रेममा बाँच्यो मर्यो होला?
कथाहरुमा किन कोइ एक आजाद प्रेमी या आममान्छे कहिल्यै अटाएन होला हगि? प्रताप मल्लबाहेक
यो खाल्डोमा कोही प्रेमिल थिएन? आज तिनै अनाम प्रेमीहरुको नाममा पनि ...
दुनिया में सब
से पहले जिसने ये दिल दिया
दुनिया के सबसे
पहले दिलबर को सलाम
दिल से निकलने
वाले रस्ते का सुक्रिया
दिल तक पहुँचने
वाली डगर को सलाम
प्यार तेरी पहली
नज़र को सलाम ...
र अन्त्यमा सलाम गोपालदास सक्सेना र रविन्द्र
जैन! सलाम अमर प्रेमहरुमा!! सलाम स्तब्ध र अनिदा रातहरुमा, सलाम अनित्य औ अनन्य
भैकन पनि चिरपरिचित अपरिचितहरुमा!!!

Comments
Post a Comment