प्रिय शरद

पूर्णिमाको धेरै दिन पछी भए पनि आकाशगंगा चहकिलो भै रापिलो क्षितिजको बाटो थियो, धीमा आकृतिका पदचापहरु पछ्याउनु पर्ने ती जंघारहरुमा हिमालका आकृतिहरुले यौवन संदेश दिएका थिए, यानी ताराहरुको बेजोड उच्छवास थियो, काल्पनिक आकाशजस्तै लाग्ने त्यो सिंगो आकाश मलाइ वर्षौ खण्डित लाग्थ्यो, आधा-आधा या केही भाग लालचको अभावमा बाडिएकोझैँ लाग्ने! युगीन सहारा र विजयको निर्भिकता पनि उतिकै थियो, फलामे पूलहरु तरेर मुटु कपाउने अजंगका पहाडहरुको लालच मलाइ उति थिएन, तिमी थियौ, मलाइ आकाशगङ्गाझैँ पूर्णता लाग्यो! तारहरु हुन्थे, युगीन, स्वच्छन्द औ पुलकित! कतिपय तारहरुले त बयेलीका छायाचित्रजस्तै छ्यांग उज्यालो बनाए, शुष्क लाग्ने परिभ्रमणीय हिमपर्वतहरुको बेजोड यादहरुको स्निघ्ध मुस्कुराहटमा तिमीले त्राण दियौ, त्यही त्राण सान्निध्यको बेमेल अवचेतन बनेर बसेथ्यो, उचाई थियो, सुस्केरा, अचानक मुखाकृतिहरुलाई तिमीले नवीन आवरण दिएर युगीन बनायौ, छालहरु आउनुअघि नै मादक आलिंगनका पार्श्वछायाहरूको बिगुल बजेर मलाइ बिउझाए, तिमी थियौ, शान्त तर अल्प लाग्ने हावाका झोकाहरु, स्याँठ औ बेनामी पर्वतहरु जहा यस्तै कहानीका आवंतर, उपमा, अवतरण र अन्त्य सबैको लेखा थियो! अचानक आउने बादलजस्तै जीवन अनित्य थियो!





सबै प्रिय परिच्छेदहरु, प्रिय मान्छेहरु औ प्रिय परिकल्पनाहरु बसमा हुदैनन! जीवनको गति त असिमित नै छ तर सबैभन्दा प्रिय चिजहरु पनि त सधै आफुसगै हुदैनन् नि! प्रसंग कतिपयमा मान्छेहरु अक्सर पराजित हुन्छन, विजयको सीमा त कोरिएकै होला, तर हार नखानेहरु, प्रिय चिजहरुको अभावमा पनि मुस्कुराउनेहरुको सानो भीड हेर्न मन छैन? हुनुपर्छ, यो आलेख त वाहियात टुक्रा हो, जहा संगतिको नामोनिशान मेटिएको छ, न त छायाहरुको लम्बेतान अवयव बोकेर रुमानी यादहरुको कथा लेखिन्छ, तिमीजस्तै संसार छ, तिमीलाइ जस्तै पीडा छ, तर विशाल आकाशका ताराहरुको चमकजस्तो नित्य संगम पो बेजोड त, बाँकी झरिजाने जीवनका बेमेल नियमहरुको प्रतिच्छायाँमा असिमित दुखका बयानहरु नियमत: श्लील होलान, तिम्रो परिकल्पनाको सागर विशालताको प्रार्थना सायद ऋच्चित हुनसक्छ, बोझका पाइलाहरुले विश्राम लिनेछन, धैर्यझैँ लाग्ने फिका मुस्कानको बहार यो शरदले ल्याउदैन र?

Comments

Popular posts from this blog

Home

कृतवेदिन्: आभारका दुइ शब्द

लाउरा