प्रिय शरद
पूर्णिमाको धेरै दिन पछी भए पनि आकाशगंगा चहकिलो भै रापिलो क्षितिजको बाटो थियो, धीमा आकृतिका पदचापहरु पछ्याउनु पर्ने ती जंघारहरुमा हिमालका आकृतिहरुले यौवन संदेश दिएका थिए, यानी ताराहरुको बेजोड उच्छवास थियो, काल्पनिक आकाशजस्तै लाग्ने त्यो सिंगो आकाश मलाइ वर्षौ खण्डित लाग्थ्यो, आधा-आधा या केही भाग लालचको अभावमा बाडिएकोझैँ लाग्ने! युगीन सहारा र विजयको निर्भिकता पनि उतिकै थियो, फलामे पूलहरु तरेर मुटु कपाउने अजंगका पहाडहरुको लालच मलाइ उति थिएन, तिमी थियौ, मलाइ आकाशगङ्गाझैँ पूर्णता लाग्यो! तारहरु हुन्थे, युगीन, स्वच्छन्द औ पुलकित! कतिपय तारहरुले त बयेलीका छायाचित्रजस्तै छ्यांग उज्यालो बनाए, शुष्क लाग्ने परिभ्रमणीय हिमपर्वतहरुको बेजोड यादहरुको स्निघ्ध मुस्कुराहटमा तिमीले त्राण दियौ, त्यही त्राण सान्निध्यको बेमेल अवचेतन बनेर बसेथ्यो, उचाई थियो, सुस्केरा, अचानक मुखाकृतिहरुलाई तिमीले नवीन आवरण दिएर युगीन बनायौ, छालहरु आउनुअघि नै मादक आलिंगनका पार्श्वछायाहरूको बिगुल बजेर मलाइ बिउझाए, तिमी थियौ, शान्त तर अल्प लाग्ने हावाका झोकाहरु, स्याँठ औ बेनामी पर्वतहरु जहा यस्तै कहानीका आवंतर, उपमा, अवतरण र अन्त्य सबैको लेखा थियो! अचानक आउने बादलजस्तै जीवन अनित्य थियो!

Comments
Post a Comment