विस्फारित चक्षुहरु
अर्किर्ण भै फक्रेका लालुपातेहरुले पनि हेमंतीय स्वच्छन्दताका अवयवहरु बोकिदिएपछी विगत वर्षको अन्तिम साता र यो वर्षको सुरुवात तिलस्मी रह्यो| यी हप्ताहरुमा चखेवाहरु, मृत लास, अनि समयको महत्व अझ बुझ्नु, बादलका पत्रहरुभित्रबाट प्रकृति नियाल्नु औ त्रिशुलीको अकिन्चनता हेरेर टोलाउनु कम्ती यादगार रहेनन्| विस्फारित आखाहरूजस्तै मैले समयको पावन्दी अझै आभाष गरें, यानी समय बितिसकेछ, रफ्तारमा! त्रिशुलीका ति छालहरू सम्झे, उर्लदो भेल र अनित्य वर्षात्, फेरी शान्त त्रिशुली हेरें, जीवनको परिभाषा अझै नजिकै भएझै, मलाइ पहाडहरु मन परे, नदी मन पर्यो, लालुपातेहरु औ चखेवाहरु! अस्थिर प्रकृतिका परिक्षणहरुको पावन्दी बिचैमा पनि टाढा क्षितिज हेरेर टोलाउन पाएँ, पर्याप्त परिकल्पनाशीलतामा रमाउने मौका मिल्यो, समयप्रति म सधै अनुग्रहित नै छु| मलाइ आँधीहरु अनित्य हुन भन्ने थाहा छ!? देवघाट, देवीघाट र विदुरमा जिन्दगी सिक्नु, मोक्षको बाटोप्रति लालायित हुनु औ, मन्द मुस्काउदै कर्म नै मोक्ष हो भन्नु, कम्ति तिलस्मी छैनन् यी आवेगहरु, कतिले उद्वेलित भन्छन, कति आक्षेप लगाउछन, सधैझै यो वर्ष पनि म समयलाइ शोषण गर्न चाहन्छु, यानी जिन्दगीक...