Posts

Showing posts from September, 2025

विस्फारित चक्षुहरु

Image
अर्किर्ण भै फक्रेका लालुपातेहरुले पनि हेमंतीय स्वच्छन्दताका अवयवहरु बोकिदिएपछी विगत वर्षको अन्तिम साता र यो वर्षको सुरुवात तिलस्मी रह्यो| यी हप्ताहरुमा चखेवाहरु, मृत लास, अनि समयको महत्व अझ बुझ्नु, बादलका पत्रहरुभित्रबाट प्रकृति नियाल्नु औ त्रिशुलीको अकिन्चनता हेरेर टोलाउनु कम्ती यादगार रहेनन्| विस्फारित आखाहरूजस्तै मैले समयको पावन्दी अझै आभाष गरें, यानी समय बितिसकेछ, रफ्तारमा! त्रिशुलीका ति छालहरू सम्झे, उर्लदो भेल र अनित्य वर्षात्, फेरी शान्त त्रिशुली हेरें, जीवनको परिभाषा अझै नजिकै भएझै, मलाइ पहाडहरु मन परे, नदी मन पर्यो, लालुपातेहरु औ चखेवाहरु! अस्थिर प्रकृतिका परिक्षणहरुको पावन्दी बिचैमा पनि टाढा क्षितिज हेरेर टोलाउन पाएँ, पर्याप्त परिकल्पनाशीलतामा रमाउने मौका मिल्यो, समयप्रति म सधै अनुग्रहित नै छु| मलाइ आँधीहरु अनित्य हुन भन्ने थाहा छ!? देवघाट, देवीघाट र विदुरमा जिन्दगी सिक्नु, मोक्षको बाटोप्रति लालायित हुनु औ, मन्द मुस्काउदै कर्म नै मोक्ष हो भन्नु, कम्ति तिलस्मी छैनन् यी आवेगहरु, कतिले उद्वेलित भन्छन, कति आक्षेप लगाउछन, सधैझै यो वर्ष पनि म समयलाइ शोषण गर्न चाहन्छु, यानी जिन्दगीक...

अर्किर्ण शिशिर

Image
शिशिर ऋतुको आगमन उत्कटताको एक आभाले घेरिएको हुन्छ, स्पन्दनहरुको फिका कम्पन सुनेर आरुका मायावी फूलहरु झर्ने मौसमको निस्प्रिय उत्सर्जनले चंगा बनेको प्रफुल्लित हृदयको पर्दामै देखिने हिमालको आकृति पान गरेझै लाग्छ शिशिर! प्राइमा भेराअघि बसाइ सर्ने चराहरुको वानप्रस्थ देखेर स्फुरणको तेजाब सपनाहरुले पग्लिएका युगीन उच्छवासहरुले बेली भरिएको आकार मनमै फुल्छ, धुपी सल्लाहरुमा फुलेका हिउँका फूलहरुझैँ! उसो त प्राइमा भेराको रसिक प्रेमको बखान गर्ने सामर्थ्यको अभाव मलाइ अक्सर खट्किन्छ, फेरी हिमालहरु हेर्छु, उस्तै मुस्कान, आरोहका स्याँठहरु, औ बेसुरा फाँटहरु सबै सबैले उस्तै यौवन फुकाएझैँ लाग्छ! मलाइ लेते पुग्न मन हुन्छ अचानक, भूपिका स्मरणहरुको गाथा लिएर | भूपी थिएनन तैपनि सिमलका फूलहरु, समकालीन छायाहरू औ स्निघ्ध आभाहरुको संगालो लेते खोलामै बगेजस्तै, या हिमाल हासेजस्तै, सबै उस्तै, उस्तै ग्राह्य औ उस्तै प्राप्य! प्राप्ति अघिको शिशिर, आरुका फूलहरु औ हावाका झोकाहरुको एकमुठी स्पन्दनको परिचयले जीवन अर्किर्ण रङ्गमिश्रित बन्छ भनेर थाहा पाउन श्लेषमान्तकतिरको नियात्राझैं जीवन हुदो रहेछ! अक्सर शिशिरमा चन्द्रागिरी प...

फूलवा

Image
'ला रे पान खा!' उस्ले खाने जस्तै जर्दा पान बनाउन लगाएर मलाइ दिदै भनी। 'रे फुलवा! म जर्दा खान्न, मिठा लगाउन लगा मलाइ!' खिन्न भै र देहाती लवजमा के के भनी, 'सब नाटक...' मैले यतिसम्म सुनें। कैलासवाले एक गज्जब मीठा पान बनायो, बगैर चुना। म चुनावाला नखाने हुनाले फुलवा आफैले कैलासलाइ भनी। भरे कल्बर्टमा आइज रे, नया भोजपुरी गाना हालेको छु मोबाइलमा, रत्तिदै सुनाउछे उ मलाइ, एकटक म उस्लाइ हेरिरहन्छु, दिउसो हर्दिया बजार गएर आएकी उ बोर्डर पारि आएका नया मसालेदार भोजपुरी गाना अक्सर सुनाउन आतुर हुन्छे, मलाइ बकैयाजस्तै बहकिनु छ यानि उस्का आखाहरुमा! झिंगा भन्किदै गरेको खजुरका केही टुक्रा मुखमा हालेर म कल्भर्टको बाटो देहाती मायाका पदचापहरु पछ्याउन थाल्छु, मलाइ परवानीपुरजस्तै नहोसजस्तै हुन्छ! अनि उही भोजपुरी गीतको एक टुक्रा याद हुन्छ, 'चापकलमें जान देदुं' जवाफ उस्तै मसालेदार, 'त दिद!' पर्वानीपूरजस्तै चाहि नहोस! 'किन तलाइ पर्वानीपुरसग खुन्नस छ रे?' फुलवा मलाइ हेर्दै सोध्छे! बैलगाडा नजिकै भएर जान्छ, म मुसुक्क हांस्छु, त्यति स्वार्थी मान्छे यहा नहुन, मलाइ कुहिरोभ...

लाखौको लागि उजाड छ यो देश, मुठ्ठीभरलाइ त स्वर्ग छ

Image
देश भन्नु त के रैछ र चारकिल्लाको माटो त्यै माटो नि उनकै मात्रै जो छन् टाठो बाठो... क्या गीत बनाएछन प्रकाश सपूतले! गीत सुन्दै गर्दा मलाइ चाहि एकजना आर्किटेक्ट भाइको याद आयो| कुनै एउटा हिउँदमा हामी सिंहदरबारको माइक्रोट्रेमर टेस्ट गर्न सिंहदर्बार गएका थियौं र त्यहाँ एकजना आर्किटेक्ट भाइ थिए प्रोजेक्ट हेरिरहेका, उनलाई मैले हाम्रो उद्देश्यको बारेमा भनें र एक्सेलरोमिटर केही समय राख्ने बताएँ| ती भाइले मलाइ यस्ता प्रश्न सोधे: 'सुरक्षा खतरा हुदैन?', 'यो त देशको सबैभन्दा संवेदनशील ठाउँ हो, कहाँ मिल्छ र?' 'माथि सोध्नुपर्छ' आदि आदि| त्यो पछी उनले इन्टेलिजेंसको मान्छेलाइ खबर गरे, तर उनले सोचिरहेका थिए कि मलाइ त्यो कुरा थाहा छैन उनले इन्टेलिजेंसलाइ खबर गर्दैछन भनेर| फौजको संगत राम्रै हुने मलाइ यो कुरा बुझ्न खासै गाह्रो परेन, ती अफिसर आए, मैले कुरा गरें र हामीले टेस्ट पनि गर्यौँ! मलाइ बारबार दिमागमा आइराख्ने एउटा प्रश्न छ, 'आखिर करारमा जागिर खाने र देशभरी गोठ बनाउने एउटा अड्डाको सामान्य कर्मचारीले त यो देशको सुरक्षाको यति धेरै रखवारी गर्छ भने हाम्रो देश किन बलियो नभएको होल...

स्टोन्ड ह्यालुसिनेसन: बुढो भैंसीको छोयला, ठों औ कवाली

Image
अनि? अनि सहर त्रिवेणी हो, संगमभन्दा ज्यादा अनुभूत औ पल्लवित। मेरो सहरको यादगार अन्तिम सर्को मलाइ वासन्ती भोगटेका बास्नादार हावातुल्य बयेलीहरु, वैजनी औ कामुक ज्याकारान्डा ब्लसमहरु, औ रुमानी यादहरु बनिदिन्छन, यानि अन्तिम प्रश्वास! आकाशगङ्गाको नियुक्त यात्राले तन्नम भै पदार्पित हुने बुख्याचा यादहरुको लहरो तानेर तार दिनु, घमाइला औ मधुर रातहरुको आभा टिपेर कानमा फूल बनाइ राख्नु औ बेतार हुने अविच्छिन्न यादहरुको वेणी पोत्दै लालिमाको सुगन्ध पान गर्नु? प्रेम गर्छौ? अहं! हावाले उत्तर दिन्छ, स्नेहका धुमिल अनावरणहरुले विरक्त भै नजगाएका प्रीत पल्लवहरुको बेजोड विछोडमा मलाइ रमाइलो लाग्न थालेको यौटा वसन्त न भयो! ह्या जाबो प्रेम! प्रसङ्ग कतिपयमा चुकझैं लाग्ने भोगटेका फूलहरु कार्यस्थल बाहिर झुमेका छन, झोंछेको भाषामा स्टोन्ड! भोगटेको फूलको सुवास आधी जगलाइ पत्तै नदिइ बिलाइसकेको हुन्छ, देवकोटाले दाडिम लेखेको मीठो फल भएर हो? चुक नै लागे पनि सन्नाटा चिरेर आक्कलझुक्कल आउने भोगटेहरुको प्रिय सुवास मसम्म आइदिन्छ, यो रुमानी यादभन्दा फरक औ परिस्कृत छ, मुस्कुराहट छैन यस्मा न त अप्रिय औ अप्राप्य लाग्ने मन्द हावाको सर...

हमेशा देर कर देता हुं में...

Image
सुस्केराझैं अभ्यस्त भएर पनि वर्षात त्यति प्रिय हुदैन, वैजनीहरु झारेको एकोहोरो असङ्गति छाल बनेर आइरहन्छ। वैजनीहरुको अप्रिय सहरको आवाज धीमा बनेको बखत उच्छवासहरुको एउटै पर्दा ओढेजस्तो हुन्छ, म बुंदहरु गन्न सक्छु, विस्मृति निर्जीव छ, प्रस्तर स्पन्दनको सगोल अनावरण छ-तिम्रो यादका शालिकहरुको! अशेष स्पन्दनहरुको सम्मिलन बन्दै र निखन्दै जाने पानीका फोकाहरुले आक्कलझुक्कल ल्याउने ज्याकारान्डाका वैजनी फूलहरु तिम्रो सहरसम्म पनि पुग्छन? सागरहरु पार गर्छन? मलाइ ज्याकारान्डाहरु सजीव औ तिन्का फूलहरु अजीब लागेको तिमी आएदेखि हो-पता पुरानो, मिति अभेद्य औ श्लील र मायावी! कुनै सम्वार्ताको कठिन अन्त्यतिर सम्भाषित हुन्छ- लेखिने छैन अव्यक्त कहानीहरु। आधी कहानीहरु ज्याकारान्डाका वैजनीहरु जस्तै जस्तै हुन्छन, सारै कोमल औ शक्त-झर्छन औ पल्लवित भएको निस्फिक्री बेमेल इतिहास आगतको पाना धूमिल बनिसक्छ, गृष्म आउंछे, तिमी नि? तिम्रो आगमन ऋतुजस्तै रहेन-छायांचित्रजस्तो आक्कलझुक्कल औ बेनामी! मलाइ वैजनीहरुको माया उनेर तिमीसम्म पुर्याउन मन हुन्छ, यावत सम्वार्ताहरुको सघन आकृति कोरेर सिङ्गै धरामा वर्षातहरु टक्क रोकिउन, फूलहरु विस...

रातकी रानी, एक बेनामी खत

Image
  सांझ ढलिसकेको थियो, मोटो स्कुटरको मधुरो प्रकाशले एउटा खाम संकेत गर्यो, रोकें र खोलें, भित्र सानो कागजको टुक्रा थियो, र टुक्राको व्यहोरा यस्तो थियो, "बांकी फूलहरु उज्यालोमा फुलेर रात ढल्दा नदेखिने जस्तो नभै तिमी रातकी रानीजस्तै बन्नू, सन्ध्याको मौनतामा मान्छेहरु भौतारिदै सुवास खोजून फूलभन्दा, तिमी त्यस्तै बनिदिनू! बिहान सबेरै मान्छेहरुलाइ फूल टिपेर चढाउन आंट नआउंदो हो, तिमी शुक्र नअस्ताउदै झरिदिनू औ मन्दिरमा सजिदिनू।"

ज्याकारांडा ब्लसम औ अमर बेलीकुन्जहरु : एक उच्छवास

Image
महाभारत पर्वतको कुनै प्रेमिल खोंचमा तिमी र म धूप छल्न खुट्टा खहरेको पानीमा डुबाएर बसेका थियौं, आवेग कति पनि नहुनु, बेलीकुन्जहरु सुस्काइरहनु, आक्कलझुक्कल उड्ने प्रेमिल चराहरु हेर्दै मुस्कुराउनु र पीपलको छांयामा सुस्ताउनु प्रिय थियो। स्विकृत भएर हुंदो हो तिमीमा आभा थियो, म मा चाहि युगीन अवान्तर! म चिया बनाउंछु, परिस्कृत लवजहरुमा तिम्रो अर्धअनुशीलनको लवज अंकुराउछ, म सम्मतिमा टाउको हल्लाउंछु। प्रकाश श्रेष्ठको "खुट्टाले खेलाउदै पानी.." मा म बेसुर आयाम गुनगुनाउंछु, तिम्रो प्रिय गीत, "मैले गीत छोडी आएं.." गाउन लगाउंछौ। यो कुनै आवरणको सान्निध्य थिएन झैं लाग्ने उकेरा थियो, यानि बन्धन औ म सुस्ताउने प्रिय आलिङ्गन पनि! पीपल हुने चौतारीको बायांपट्टि फुलेका केही तृप्त फूलहरु मलाइ शिरफूल बनाइदिन मन हुन्छ, टिपेर एउटा दिदैं म तिमीतिर हेर्छु, "तिम्रो लागि!" शिरमा लगाउदा तिमी राजामतीजस्तै हुन्छौ नि, हो मलाइ तिमी पनि राजामती नै लाग्थ्यो, कुनै नेवारी गीतको तिम्रो फर्माइसलाइ म "ढङ्ग मरुमा भम्चा" गाएर उडाइदिन्थें औ "माया रे रत्न जिना छंके माया" गाउन निकै प्रत...

अगष्ट २: एक झमेल असंगति

Image
मन्द वर्षातको पल थियो, वाइपरले पानीका साना फोकाहरु अक्सर हटाइराख्ने भए पनि, पलभरकै लागि हटेका थिएनन, गृष्म गएकी हुनाले आर्द्र त थियो तर मलिन औ मधूर! चन्द्रागिरी पर्वत लमतन्न चिहाउने सानो दोबाटो मिसिनै लाग्दाका केही उत्साही औ उम्दा र अग्ला घरहरुबीच कुनै मोटर रोकिएको थियो-हजारिका सोच्दा हुन, "समय ओ धीरे चलो..." हो म अन्त्य चाहन्थें, सायद त्यो अन्तिम पल पनि त हुन सक्थ्यो, सुरेश दाइले मलाइ, "ओ मेरे सपनोके सौदागर.." गीत सुनाउनु भएको नामेट पलजस्तो अमीट स्वप्न वाटिकाजस्तै तिलस्मी औ उरांठ बयेलीहरु अवश्यै थिए, तिमी निलो कोटमा थियौ, चिरपरिचितहरुको सामीप्य। अचानक नयनहरु बगेका थिए, सजिलै म सरित थिएं, "त्यो कान्तिपूरमा सपनाको सुरमा सम्झ्यो कि प्याराले"! लोमान्थाङ्ग पर्वतको बाटो छिचोलेर छोसेर झर्दै गर्दा ताराका प्रिय गणहरु साक्षी राखेर मैले तिमीलाइ चाहेको बताएं, झर्ने ताराहरु प्रिय भए, आकृति तिम्रो थियो-मन्द, मलिन, (अ)मादक, मधूर, औ मायावी! बतासले साना वृक्षहरु लोलाउंछ बाहिर, मलाइ बतास मन पर्यो, केही थान कागजहरुले तिम्रा रसिला नयनहरु पुछेर तिमीलाइ सप्रेम स्पर्श गर्छु, ...

निस्पृह आकाश

  त्यो रात हामी उही आकाश ओढेर सुतेको हुनुपर्छ, विशाल आकाशले छोपिएका हामी पर्वत औ समुन्द्रले छुट्याउदा पनि कति विभक्त भएनौ, लाग्थ्यो उही आकाशको छानो न हो आखिर! कैयन रात अल्पस्वप्नमा म बिउझिएर खोज्दा लाग्थ्यो फेरी पनि उही आकाश नै त ओढेका छौ हामीले! असमन्जसका कैयन हिउदहरु अनिदा भए, मलाइ लाग्थ्यो, मेरो आकाश निशामा भएनि तिम्रो आकाश स्वच्छन्द पुलकित छ, यसर्थ बेनामी रातहरु मैले यही आकाशमुनि खुल्ला प्रार्थनामा बिताइदिए, अझ भनौ मलाइ आकाश र रातहरु प्रिय लागे, हुस्सु आउथ्यो, तिम्रो झझल्को पनि असाध्यै! सान्निध्यका रातहरुमा उति उत्सर्जित भइन म, आकाश थियो, आकृति बनाउथ्यो, मलाइ लहडी बनाइदियो, मलाइ शैशव पुनारावृत भएझै लाग्थ्यो, उ त्यही फुलचोकी पहाड न हो जहा मेरा आकाश घोच्ने इच्छा द्रविभूत भएका! त्यही आकाश अक्सर बर्सन्छ आजभोलि| मलाइ तिम्रा यादहरुको रुमानी हिउद एक्कासी ल्याइदिन्छ, कोइलीहरु पनि आउछन बचेखुचेका केही धुपीका बोटहरुमा! अरुबेला मलाइ पवनहरुको, सुवासित र पल्लवित बसन्तको पनि आकाश जतिकै स्नेह हुन्छ, तिमीले र मैले च्यादर बनाएर आकाशझैँ नओढे पनि, उतिकै विशाल, उतिकै निर्मल, उतिकै सजीव औ उतिकै सम्म...

Madhesh blues

Image
  The Constitution of Nepal has ensured reservation to deprived groups, women, Madhesis, indigenous people and the needy ones. How many Chepangs, Rautes, Muslims, Musahars, Rajbanshis have benefited? In the autumn of 2006, after the spring revolution in Nepal, this writer was in Saptari’s Nepal-India border region; the landscape was smoky, virtually due to haze or sometimes like an isolated barren village portrayed in some 16th century fairy tales, symbolic though truest, chaotic and restive, scary and barren because seemingly life seemed not to exist. People smoked some ‘bidi’ [local cigarette] or rolled ‘khaini’ to keep themselves awake from the burning heat of day time, or even if they were yawning or taking naps, they inhaled khaini. Small Mithila single storied chalets were fuming early morning and early evening. I tried to go inside with my head bowed down, it was more occupied with smoke rather than human presence with dozens of people inside, and the ladies became more atte...

The Tunnel is Mine

Image
  (By Dipendra Gautam, the poem was written by me in 1880 before reincarnation) Every morning since I owned a Volkswagen I would commute the same route Follow the same tunnel Fallow my time thinking of my big head and dimming the incoming light Falter the savvy apartheid Furlough is what I would expect dawn to dusk It was the year 1840. ** In the spring of 1840 Savvy breezes tantalize me Spring has sprung I did not care about all the flowers I did not care about all the birds who sang for me In my backyard, stayed a robin redbreast Her sonnets blasé me She yells at me to go out I loved my Volkswagen Lambo, Ferrari, and many more were to follow The tunnel was mine! Cause, every day everyone was passing through it I sat down in an ominous morning 'CHANGE' remained a daydream throughout the tea break Cause, my Volkswagen was the first to pass-through Straight through to the tunnel ** There came another spring Bloomed and faded Seasons and seasonings Beacons and the birds Music and...

Home

Image
As I peddled through the bumpy, gravelly road disfigured by potholes, towards the northern fringes of the plains, my bike stumbled upon an enigma. As the sun went down and the wind gushed through, a fragrance from the lush paddy fields wafted in the air.  My bike, which was perfect for my height and weighed only one-tenth of my weight, was branded ‘Chaudhary’s’ on its back. There’s more imagination to cycling than one imagines, there’s more freedom to it than just the air that one feels against their face. The thriftiness of the two-wheeler comes with its own cheap thrills.  ** I would often stop for a couple of Bhakka , steamed snack prepared with fresh rice flour—a typical eastern Nepal delicacy, at one local shop. I would then walk towards the bridge, take a seat in the open green grass and then return with the golden dusk facing against me. It was a routine that kept me connected to my roots. But there was something atypical about this particular day. I had to wait longer ...