अर्किर्ण शिशिर
शिशिर ऋतुको आगमन उत्कटताको एक आभाले घेरिएको हुन्छ, स्पन्दनहरुको फिका कम्पन सुनेर आरुका मायावी फूलहरु झर्ने मौसमको निस्प्रिय उत्सर्जनले चंगा बनेको प्रफुल्लित हृदयको पर्दामै देखिने हिमालको आकृति पान गरेझै लाग्छ शिशिर! प्राइमा भेराअघि बसाइ सर्ने चराहरुको वानप्रस्थ देखेर स्फुरणको तेजाब सपनाहरुले पग्लिएका युगीन उच्छवासहरुले बेली भरिएको आकार मनमै फुल्छ, धुपी सल्लाहरुमा फुलेका हिउँका फूलहरुझैँ! उसो त प्राइमा भेराको रसिक प्रेमको बखान गर्ने सामर्थ्यको अभाव मलाइ अक्सर खट्किन्छ, फेरी हिमालहरु हेर्छु, उस्तै मुस्कान, आरोहका स्याँठहरु, औ बेसुरा फाँटहरु सबै सबैले उस्तै यौवन फुकाएझैँ लाग्छ! मलाइ लेते पुग्न मन हुन्छ अचानक, भूपिका स्मरणहरुको गाथा लिएर | भूपी थिएनन तैपनि सिमलका फूलहरु, समकालीन छायाहरू औ स्निघ्ध आभाहरुको संगालो लेते खोलामै बगेजस्तै, या हिमाल हासेजस्तै, सबै उस्तै, उस्तै ग्राह्य औ उस्तै प्राप्य! प्राप्ति अघिको शिशिर, आरुका फूलहरु औ हावाका झोकाहरुको एकमुठी स्पन्दनको परिचयले जीवन अर्किर्ण रङ्गमिश्रित बन्छ भनेर थाहा पाउन श्लेषमान्तकतिरको नियात्राझैं जीवन हुदो रहेछ!
Comments
Post a Comment