निस्पृह आकाश
त्यो रात हामी उही आकाश ओढेर सुतेको हुनुपर्छ, विशाल आकाशले छोपिएका हामी पर्वत औ समुन्द्रले छुट्याउदा पनि कति विभक्त भएनौ, लाग्थ्यो उही आकाशको छानो न हो आखिर! कैयन रात अल्पस्वप्नमा म बिउझिएर खोज्दा लाग्थ्यो फेरी पनि उही आकाश नै त ओढेका छौ हामीले! असमन्जसका कैयन हिउदहरु अनिदा भए, मलाइ लाग्थ्यो, मेरो आकाश निशामा भएनि तिम्रो आकाश स्वच्छन्द पुलकित छ, यसर्थ बेनामी रातहरु मैले यही आकाशमुनि खुल्ला प्रार्थनामा बिताइदिए, अझ भनौ मलाइ आकाश र रातहरु प्रिय लागे, हुस्सु आउथ्यो, तिम्रो झझल्को पनि असाध्यै! सान्निध्यका रातहरुमा उति उत्सर्जित भइन म, आकाश थियो, आकृति बनाउथ्यो, मलाइ लहडी बनाइदियो, मलाइ शैशव पुनारावृत भएझै लाग्थ्यो, उ त्यही फुलचोकी पहाड न हो जहा मेरा आकाश घोच्ने इच्छा द्रविभूत भएका! त्यही आकाश अक्सर बर्सन्छ आजभोलि| मलाइ तिम्रा यादहरुको रुमानी हिउद एक्कासी ल्याइदिन्छ, कोइलीहरु पनि आउछन बचेखुचेका केही धुपीका बोटहरुमा! अरुबेला मलाइ पवनहरुको, सुवासित र पल्लवित बसन्तको पनि आकाश जतिकै स्नेह हुन्छ, तिमीले र मैले च्यादर बनाएर आकाशझैँ नओढे पनि, उतिकै विशाल, उतिकै निर्मल, उतिकै सजीव औ उतिकै सम्मोहक! फेरी यस्तो लाग्छ, आखिर यही आकाश न हो हामीले ओढेको, र ओढीराखेको, निन्द्रा आउछ मध्यसपनाको उही निस्पृह प्रस्थान विन्दुबाट!
Comments
Post a Comment