रातकी रानी, एक बेनामी खत

 सांझ ढलिसकेको थियो, मोटो स्कुटरको मधुरो प्रकाशले एउटा खाम संकेत गर्यो, रोकें र खोलें, भित्र सानो कागजको टुक्रा थियो, र टुक्राको व्यहोरा यस्तो थियो,



"बांकी फूलहरु उज्यालोमा फुलेर रात ढल्दा नदेखिने जस्तो नभै तिमी रातकी रानीजस्तै बन्नू, सन्ध्याको मौनतामा मान्छेहरु भौतारिदै सुवास खोजून फूलभन्दा, तिमी त्यस्तै बनिदिनू! बिहान सबेरै मान्छेहरुलाइ फूल टिपेर चढाउन आंट नआउंदो हो, तिमी शुक्र नअस्ताउदै झरिदिनू औ मन्दिरमा सजिदिनू।"

Comments

Popular posts from this blog

Home

कृतवेदिन्: आभारका दुइ शब्द

लाउरा