हमेशा देर कर देता हुं में...

सुस्केराझैं अभ्यस्त भएर पनि वर्षात त्यति प्रिय हुदैन, वैजनीहरु झारेको एकोहोरो असङ्गति छाल बनेर आइरहन्छ। वैजनीहरुको अप्रिय सहरको आवाज धीमा बनेको बखत उच्छवासहरुको एउटै पर्दा ओढेजस्तो हुन्छ, म बुंदहरु गन्न सक्छु, विस्मृति निर्जीव छ, प्रस्तर स्पन्दनको सगोल अनावरण छ-तिम्रो यादका शालिकहरुको! अशेष स्पन्दनहरुको सम्मिलन बन्दै र निखन्दै जाने पानीका फोकाहरुले आक्कलझुक्कल ल्याउने ज्याकारान्डाका वैजनी फूलहरु तिम्रो सहरसम्म पनि पुग्छन? सागरहरु पार गर्छन? मलाइ ज्याकारान्डाहरु सजीव औ तिन्का फूलहरु अजीब लागेको तिमी आएदेखि हो-पता पुरानो, मिति अभेद्य औ श्लील र मायावी! कुनै सम्वार्ताको कठिन अन्त्यतिर सम्भाषित हुन्छ- लेखिने छैन अव्यक्त कहानीहरु। आधी कहानीहरु ज्याकारान्डाका वैजनीहरु जस्तै जस्तै हुन्छन, सारै कोमल औ शक्त-झर्छन औ पल्लवित भएको निस्फिक्री बेमेल इतिहास आगतको पाना धूमिल बनिसक्छ, गृष्म आउंछे, तिमी नि? तिम्रो आगमन ऋतुजस्तै रहेन-छायांचित्रजस्तो आक्कलझुक्कल औ बेनामी! मलाइ वैजनीहरुको माया उनेर तिमीसम्म पुर्याउन मन हुन्छ, यावत सम्वार्ताहरुको सघन आकृति कोरेर सिङ्गै धरामा वर्षातहरु टक्क रोकिउन, फूलहरु विस्तारै झर्छन, तिम्रो आगमनमा हो? क्यानभासको एउटा पर्दा सदाझैं फिका रङ्गमा अप्रिय छ, फूलहरुको एउटा सहर अनवरत प्रतीक्षामा छ, वैजनीहरु लिएर, उत्कटताको दियो-रुमानी यादहरुको!



नियाजी उदाउंछन, नेपथ्यबाट..
बदलते मौसमकी सहरमे दिलको लगाना हो
किसीको याद रखना हो
किसीको भुल जाना हो
हमेशा देर कर देता हुं में...

Comments

Popular posts from this blog

Home

The Tunnel is Mine

Madhesh blues