फूलवा
'ला रे पान खा!' उस्ले खाने जस्तै जर्दा पान बनाउन लगाएर मलाइ दिदै भनी।
'रे फुलवा! म जर्दा खान्न, मिठा लगाउन लगा मलाइ!' खिन्न भै र देहाती लवजमा के के भनी, 'सब नाटक...' मैले यतिसम्म सुनें।
कैलासवाले एक गज्जब मीठा पान बनायो, बगैर चुना। म चुनावाला नखाने हुनाले फुलवा आफैले कैलासलाइ भनी।
भरे कल्बर्टमा आइज रे, नया भोजपुरी गाना हालेको छु मोबाइलमा, रत्तिदै सुनाउछे उ मलाइ, एकटक म उस्लाइ हेरिरहन्छु, दिउसो हर्दिया बजार गएर आएकी उ बोर्डर पारि आएका नया मसालेदार भोजपुरी गाना अक्सर सुनाउन आतुर हुन्छे, मलाइ बकैयाजस्तै बहकिनु छ यानि उस्का आखाहरुमा! झिंगा भन्किदै गरेको खजुरका केही टुक्रा मुखमा हालेर म कल्भर्टको बाटो देहाती मायाका पदचापहरु पछ्याउन थाल्छु, मलाइ परवानीपुरजस्तै नहोसजस्तै हुन्छ! अनि उही भोजपुरी गीतको एक टुक्रा याद हुन्छ, 'चापकलमें जान देदुं' जवाफ उस्तै मसालेदार, 'त दिद!'
पर्वानीपूरजस्तै चाहि नहोस!
'किन तलाइ पर्वानीपुरसग खुन्नस छ रे?' फुलवा मलाइ हेर्दै सोध्छे! बैलगाडा नजिकै भएर जान्छ, म मुसुक्क हांस्छु, त्यति स्वार्थी मान्छे यहा नहुन, मलाइ कुहिरोभित्र अनायासै हुने प्रीतहरु मन पर्थे, जोखेर गरिने पर्वानीपुरी मायाहरुभन्दा। 'हेर फुलवा! नामनै सुन त कस्तो छ, परवानी!' मलाइ रसिक बन्न मन हुन्छ। अब हेर म एउटा बैलगड्डी किन्छु र तलाइ नदियाके पारमा जस्तै हर्दिया, धरमपुर्वा, रम्पुर्वा सबै घुमाउछु, म उतिर हेरेर सबै योजनाहरु एकै सासमा सुनाउछु। 'तंसग लाख टाका कहां छ रे? गफ मात्रै गर्छस तं त! मलाइ एउटा लेंगा किन्दिस अहिलेसम्म?' फुलवा मेरो योजनालाइ उडाउछे! म जरुर किन्छु फुलवा! मैले उतिर हेरेर भनें।
हिउंदको महिना, हुस्सूले ढाकेको छ, हटियाको दिन आज, फुलवा रातो कुर्तामा सजिएकी छे, केही थान चखेवाहरु खलिहानमा मायावी बातहरु गर्दैछन, मलाइ फुलवाले अस्ति भनेको याद आउंछ झल्यास्स, नेपाली बुझ्ने गरेर लेख रे, तेरो नेपाली भाषा पढ्न मलाइ शब्दकोश चाहिन्छ! मैले उस्लाइ मायाका सस्वर भाषाहरु सिकाउन मन हुन्छ। 'फुलवा, पैनीको सङ्गीत सुन्दै गफ गर्न हिंड' म परिभाषित आंखाहरुलाइ मग्न तुल्याउन चाहन्छु, उ नकार्छे र माइले देख्यो भने फेरि यहां छोडेर जालास रे, मेरो माइ कडा छ! उ थप्छे।
प्रीत थियो? जरुर!
यानि सम्वार्ताहरुको बेलगाम फरियादहरुको चारकोसे झाडी थियो, छिचोल्नै नसकिने, अक्सर हुस्सू लाग्ने याममा खलिहान या पैनी नगीचै बसेर गरिने करिबन आधी घन्टाका तिलस्मी बातहरु र केही थान प्रिय यादहरुको घान हुन्थ्यो, मलाइ उस्को रंगसग प्रेम भएन, उस्को यावत असामान्य तर सामान्य लाग्ने देहाती प्रेमसग प्रेम भयो, अनायासै, जुन युगको आलिङ्गन बोकेर जूनेली रातहरुमा आक्कलझुक्कल झुल्किने जून्किरीहरुजस्तै लाग्ने गर्थ्यो, त्यो सम्मिलनको यावत अन्तस्करणमा झरीको एक सर्को याद, बगैर चुनावाला मीठा पान औ हुस्सू लाग्ने औ हटिया हुने दिनहरुका प्रतिक्षित मेलहरुको मचान हुन्थ्यो, अवान्तरको प्रेमिल मधुरिमाभरि छायाचित्रको काल्पनिक चखेवीपना भरिएको, कल्भर्टमाथि बसेर सुस्काउदो पानी अघि मैले पर्वानीपूर बिर्सिदिदै भन्दिएं, फुलवा तेरो माया लाग्छ रे मलाइ!
'भाक!' त्यो उदासिदै दौडी!
Comments
Post a Comment