हेटौंडा : एक पुकी डेलुलु
हेटौडासंग मेरो कुनै असामान्य अब्सेसन छ, मलाइ उस्तै अब्सेसन चाहिं कलामसी भक्तपुर, तरान्चे लम्जुंग र मादीकिनार कास्कीसंग हुँदो हो! हेटौडाप्रतिको मेरो अब्सेसन कर्रा र राप्तीको भेल, सामरी पुल, तिनपिप्लेको प्रेमिल रंग या स्टोन्ड भएर सम्झिने नेवारपानीप्रतिको आशक्ति कदापि होइन, चल्तीको भाषामा मलाइ हेटौडा 'क्युट' लाग्छ, जेन-जीको भाषामा चाहिं पुकी! आखिर किन लाग्दो हो हगि मलाइ? हेटौडा सायद एक संगम भएर होला, प्रस्थानविन्दु भएर अलिकति काठमान्डूप्रति इर्ष्या गर्ने, चोकबजारमा जुलेबी पसलमा जेरीस्वारी सुइक्याएर पत्रिकाले हात पुछेर सिङ्गडा खाँदा थपी थपी सब्जीको झोल खान पाएर? कस्तो विस्मृत भएर पनि अक्सर स्मृत भइराख्ने हेटौडामा अझै इन्द्रकुमारी भएर या धूप छल्न तत्कालै सहर बनेको चितौन छल्न पुगेका आवामहरुको सुस्काहट देखेर? अझ चुरियामाइतिरका अक्सर राता लाग्ने पहाडहरुमा पीपलको रुखमुनि दिनभरि सुतेर संसाझमा घ्यु बास्ना निकालेर झानेका रसिला घरेलु 'भुजा' खान हतारिएको आभाष भएर? हेटौडाले पनि आइस्यो गैस्यो सिकेको छ, पदमपोखरी जाने टरकको डालीमा लालिमा बोकेर तर्र चुहिएलाझैं रगत भएका आस्यांगका छोरीहरु अ...