Posts

Showing posts from October, 2025

हेटौंडा : एक पुकी डेलुलु

Image
हेटौडासंग मेरो कुनै असामान्य अब्सेसन छ, मलाइ उस्तै अब्सेसन चाहिं कलामसी भक्तपुर, तरान्चे लम्जुंग र मादीकिनार कास्कीसंग हुँदो हो! हेटौडाप्रतिको मेरो अब्सेसन कर्रा र राप्तीको भेल, सामरी पुल, तिनपिप्लेको प्रेमिल रंग या स्टोन्ड भएर सम्झिने नेवारपानीप्रतिको आशक्ति कदापि होइन, चल्तीको भाषामा मलाइ हेटौडा 'क्युट' लाग्छ, जेन-जीको भाषामा चाहिं पुकी! आखिर किन लाग्दो हो हगि मलाइ? हेटौडा सायद एक संगम भएर होला, प्रस्थानविन्दु भएर अलिकति काठमान्डूप्रति इर्ष्या गर्ने, चोकबजारमा जुलेबी पसलमा जेरीस्वारी सुइक्याएर पत्रिकाले हात पुछेर सिङ्गडा खाँदा थपी थपी सब्जीको झोल खान पाएर? कस्तो विस्मृत भएर पनि अक्सर स्मृत भइराख्ने हेटौडामा अझै इन्द्रकुमारी भएर या धूप छल्न तत्कालै सहर बनेको चितौन छल्न पुगेका आवामहरुको सुस्काहट देखेर? अझ चुरियामाइतिरका अक्सर राता लाग्ने पहाडहरुमा पीपलको रुखमुनि दिनभरि सुतेर संसाझमा घ्यु बास्ना निकालेर झानेका रसिला घरेलु 'भुजा' खान हतारिएको आभाष भएर? हेटौडाले पनि आइस्यो गैस्यो सिकेको छ, पदमपोखरी जाने टरकको डालीमा लालिमा बोकेर तर्र चुहिएलाझैं रगत भएका आस्यांगका छोरीहरु अ...

प्रिय शरद

Image
पूर्णिमाको धेरै दिन पछी भए पनि आकाशगंगा चहकिलो भै रापिलो क्षितिजको बाटो थियो, धीमा आकृतिका पदचापहरु पछ्याउनु पर्ने ती जंघारहरुमा हिमालका आकृतिहरुले यौवन संदेश दिएका थिए, यानी ताराहरुको बेजोड उच्छवास थियो, काल्पनिक आकाशजस्तै लाग्ने त्यो सिंगो आकाश मलाइ वर्षौ खण्डित लाग्थ्यो, आधा-आधा या केही भाग लालचको अभावमा बाडिएकोझैँ लाग्ने! युगीन सहारा र विजयको निर्भिकता पनि उतिकै थियो, फलामे पूलहरु तरेर मुटु कपाउने अजंगका पहाडहरुको लालच मलाइ उति थिएन, तिमी थियौ, मलाइ आकाशगङ्गाझैँ पूर्णता लाग्यो! तारहरु हुन्थे, युगीन, स्वच्छन्द औ पुलकित! कतिपय तारहरुले त बयेलीका छायाचित्रजस्तै छ्यांग उज्यालो बनाए, शुष्क लाग्ने परिभ्रमणीय हिमपर्वतहरुको बेजोड यादहरुको स्निघ्ध मुस्कुराहटमा तिमीले त्राण दियौ, त्यही त्राण सान्निध्यको बेमेल अवचेतन बनेर बसेथ्यो, उचाई थियो, सुस्केरा, अचानक मुखाकृतिहरुलाई तिमीले नवीन आवरण दिएर युगीन बनायौ, छालहरु आउनुअघि नै मादक आलिंगनका पार्श्वछायाहरूको बिगुल बजेर मलाइ बिउझाए, तिमी थियौ, शान्त तर अल्प लाग्ने हावाका झोकाहरु, स्याँठ औ बेनामी पर्वतहरु जहा यस्तै कहानीका आवंतर, उपमा, अवतरण र अन्त...

अन्त्यहरु

Image
अन्त्यहरु यसरी अकारण बनिदिन्छन-सुनौला हिउदहरुले पनि पारिलो घाम नल्याएझैँ ...उस्तै परिच्छेदहरुको भावातीत वहिर्गमन बस! टिपेर छोडेका फुलहरुझैँ, यानी फुलको अर्थ फुलै नरहेपछि, निर्जीव परिकल्पनाका स्वेतकणिका अद्भुत, अतृप्त औ भयानक, अकारण यसरी अन्त्य! पुनर्जीवनका अध्यायहरु, व्यग्र चेतन औ स्फुरित मस्तिष्क, छाव तन्नम र मधुरिमा, शालीन र एब्सट्रयाक्टझैँ लाग्ने अप्रिय/अर्धप्रिय/खिन्न औ शिथिल मुस्कान, वाइनको गिलासझैँ पूर्ण/अपूर्ण, निर्जीव/सजीव, क्यानाभासै ठिक तिमी त! सजीव परिकल्पना बाहिरकी, तिमी जे बोल्छौ उन्नत तिम्रा आखाहरू बोल्छन, सोच्छन ओठहरु, निर्जीव तिमीमा यी सब छन् जो तिमी आफैसग छैनन् या म देख्न नसकू... तिमी यन्त्र हौ, वागहरु औधी प्यारो लाग्नु, स्याँठ छल्दै त्यहि टहलिनुमै मज्जा छ, तिमीमा त्यो छैन!

लाउरा

Image
मुक्त आकाशमा कावा खान चाहन्छौ? अचानक यो सबै भैरहेछ, झ्यालको पर्दाबाहिर हेर्छु, शशी हासिरहेकी छन्, यो गगनको प्रीत कतै अलेख्य औ अलौकिक दुवै लाग्ने माधुर्यको उपवासित कौमार्यका धूनहरु आलापमा बगेजस्तो सिरेटो श्रवण हुन्छ अचानक म मा! ती अव्यक्त प्रीतकणिकाहरुले शीत बनेर बगेको धेरै भो, कतै वाष्पित, कतै उष्णताको उपवास! रंगीन त्यो भंगीमा भरि मलाइ मुक्त आकाश मन परेन! उत्सर्जनको आवेगमा तृष्णाका भेलहरुले जीवनको रंग खोजे, मलाइ युगीन लाग्ने परिकथाहरु कतै लेखेनन्, तिनका निवहरुले स्वेत लेखे, मलाइ वैजनी मन पर्यो, वासन्ती काठमान्डूजस्तै! छालहरू गन्दै फाटकमा तिनीहरुले मलाइ बस्न दिएनन, न त जीवनको परिभाषा खोज्न गेरुधारण गर्न दिए, दिए त दिए बस फिका लाग्ने मधुरा र चस्माको घेरो उचालेर हेर्नुपर्ने मिहिन तर कथित जीवनका पानाहरु, परैबाट हेर्दा सादा कागज त नियाल्दा जीवनका सिद्दान्तहरु! म जीवनको लालमोहर होइन, उदात्त बनेर राग अलाप्ने, जीवन बाचेको मान्छे मैमत्त भएर! तिनीहरु मलाइ स्वतन्त्र देख्छन, तिनीहरु मलाइ स्वतन्त्र देख्दैनन? सपनाका धारावाहिक बाहेक म मुक्त तर शुष्क आकाश चाहन्छु लाउरा! तिमीले देख्ने उत्तरी रंगीन रंगह...

शीताष्मा: भरबलिया, बारा उवाच!

Image
अनायास, संतृप्त आँखाहरुले शीताष्मा लिएर आएझै, टोलाउछन आखाहरु, ताराहरु नझर्ने रातमा पनि सानो बुँदझैँ लाग्ने आकाशको दर्शन विन्दु पहिल्याउछन, आखिर आखाहरु न हुन, सजीव परिकल्पनाका हिस्सेदार, प्रेमिल सम्वार्ताका साक्षी, र धुमिल औ सजल उच्छ्वासहरु! वसन्तको यौवन प्रफुल्लित भएपछी, क्षितिजको निसा नलाग्ने पर्वतका कल्पनाहरु यतिकै आइदिन्छन, हिमाललाइ दाहिना पारेर अक्सर गोधुलीतिर हुने स्वप्निल आवागमनहरु, शहरको फाटकदेखि देखिने सागरका उत्साही छालहरु! समयको बहावले ठ्याक्कै कोल्टो नफेर्दो हो त, म्याककी लाउराको लवजको नक्कल, स्नेही धुपीसल्लाका छायाहरु, वासन्ती धुपका सप्ताहन्तका ति बीच गोइंगहरु, उस्तै आवर्तनमा हुदा हुन, आगतको युगीन अनुभवका लागि पाइलाहरु फिजिएपछी, शारदीय रंगहरुको क्यानभाष धुमिल तर प्रेमिल हुदै जान्छ भन्नुको पतीत बोध अगम्य भएर आयो, स्याँठ कहिल्यै नसकिने र अक्सर हिमाच्छादित बन्ने ति नग्न पहाडहरुमा तिमी कतै भेटिएकी भए, या भरबलियातिर पान खाँदै गर्दा साइकलको घन्टी बजाउदै आइदिएकी भए? रंगहरु बदलिन्थे होलान, फूल टिप्न नसक्दै ओइलिएको हेर्छु, कम्तिमा कार्यस्थल बाहिर केही गुलाबहरु बेतोड सन्जोगले फुलेका ...

प्रिय टेलर!

Image
प्रिय टेलर! ती हरेक आरोह र अवरोहहरुको साक्षी बनेर यो लम्बेतान नियात्रा कति बिघ्न सजाएछौ भन्ने त तिमी गए पछि थाहा भयो, ह ुन त तिमी नहुदा पनि घाम उदाउनेछ, पालुवाहरु फेरिनेछन, शब्रीको चिया अनवरत नै हुनेछ या गोधूलीहरु प्रतिक्षामा नै बित्नेछन तर तिमीसगका पलहरु खास थिए, सुनौला औ सुमधुर। घाम, पानी, छाया, उच्छवास, स्यांठ, धूप औ रजनीका मन्द वाष्पित धूलकणहरुमा तिमी थियौ, म यात्री थिएं। तिमी र म सगै हुनुको खास मादकता थियो, कैयन सांझहरु त तिमी एकान्तमा बिताएकी थियौ, सायद जूनसगै रोएकी थियौ होला, शीतहरु सगालेर बाच्यौ होला। उनिहरु तिमीलाइ निर्जिव भन्छन तर मलाइ सजीव परिकल्पनाकी परी लाग्यो, लहडमै राखिदिए तिम्रो नाम-टेलर। तिमी र म दाफाका संगीत देखी जीवनका गीतहरुमा जोडियौ, तिमीले दिएको प्रिय भरोसाले मलाइ श्लेष्मा औ आर्किर्ण छावहरुको प्रतिच्छायामा युगीन प्रतिध्वनी उद्बोधन भएथ्यो, निस्प्राण लाग्ने वायुका तिलस्मी चालहरुको शुष्क परिभ्रमणभरी तिमी औधी रत्तिएकी थियौ, तिमीमा सबै सप्रेम प्रेमिलता थियो, बोल्थ्यौ, सजीव औ अजीव, मुस्कुराउथ्यौ। शारदीय घामका पाइलाहरुमा तिम्रा छायाहरु बने, म उन्मत्त हासोमा रल्लिएको थिए,...

मेरो सहर सुतेको छ

Image
मेरो सहर सुतेको छ, नबोलाउ उस्लाइ, उ मातेको छ। चिया अड्डामा गएर दुइटा चिया मगाएं। अचम्ममा पर्यो चियावाला, चिया ल्यायो। चियालाइ दुइ कुर्सीको अगाडी राखें र भने म र अर्को म, तिमीहरु दुबैलाइ आज चिया खुवाउंछु। नभले साइत पारिदियो, निस्पृह उत्सर्जनको युगीन कथावस्तुमा आधारित चलचित्रझैं ऋतु फेरियो, आह्लाद, वर्षात, विस्मय, रजनी, अनन्त ज्वारभाटा औ फाहरु। स्निघ्ध सावनको घटा हेर्दै, बुंदहरु गनेर मैले एउटा कप सिनित्त पारें, टोलाउदै अर्को कपसम्म पुगें, मधुरिमाको आकांक्षाकृत शार्दुल परिदृश्यमा केही अवयवहरु ओइरो लाग्यो! तिमीलाइ कुहिरो मन पर्छ? मैले हिउंदको कुनै बेनामी रात ढल्दै गर्दा सोधेको थिएं, म तिम्रा कुरा बुझ्दिन, रत्तिदै त्यस्ले भनेको उद्दरणले बहकायो। ह्या के गर्ने र कुहिरो मन पराएर, कामका कुरा गर। मलाइ त्यस्ले पवन, स्यांठ, हिमाच्छादित पर्वतहरु, रोसनीका पहिला औ पहेंला रागहरु मन पराइदेओसजस्तै लाग्थ्यो। अझ मलाइ त त्यो भावनाहरुमा सरित, पर्दाहरुमा हरित, विस्मयहरुमा चरित औ नियात्राहरुमा अवतरित होस भन्ने लाग्थ्यो। अनायास त्यस्ले भनी आइ डोन्ट गेट यु मोस्टली, मैले इमोटिकन्सको दिलदार मुस्कान त्यैसैबेला छोड...

हर्पनखोला ब्लुज

Image
हर्पन खोला तिर हेर्दै गर्दा सुटुक्कै तिमी नआइदिएकी भए? एउटा सिङ्गो ऐना मृतप्राय: त हुदैन थियो नि? माछापुच्छ्रेलाइ समीप बनाउन त्यतै कतै कोरा योजना बनेका थिए! राजनलाइ लौ बाबु यसपालि चै पक्का है त भनें, उत्साहित राजनले सबै मिलाएपछि के चाहियो र फकिरको हरियो लठ्ठी सिधै सोझियो, स्यांठ्को ४५०० मिटर त क्या यादगार थियो, हिमाल दाहिने पारेर हिंड्नुको मज्जा बेग्लै थियो। बेमेल त तारहरु थिए, उसो त जिन्दगी कहा मिलेको थियो र जेनेतेन चलेको, टाल्दै फाटेको, त्यक्त उत्सर्जनको बाफजस्तो, मुफ्त औ मलिन, सौम्य पनि तर! ताल हेरेर तिमी नमुस्कुराएकी भए नि? माझीकुना को जान्थ्यो र, रङहरुको अवयव मलाइ त्यस्तै फिका लागेको थियो, रेवतीले बुलेट बाइक निकाल्यो, बस कां जानी हो! हिड माझीकुना! उत्साहित, तेस्को स्कुल ब्याग औ फन्की यात्रा शैली औधी पृथक थियो त! रमेशले आफ्नो लवज बिर्सेको थियो, विशालले तीर हान्थ्यो! शान्त तलाउहरु नभए पनि नग्न पर्वतहरु थिए, कठिनतम मध्येको एक न थियो जीवन अक्सर यस्तै हो, सुटुक्कै सम्झाएको थिए मनलाइ। पर्खि, उचाइको रौनक त हेर कस्तो यादगार हुनेछ। गीतहरुले सुगन्ध छरे, रेवतीको मधुर आवाज थियो, साचिकै म नजिक...

यो जिन्दगी बिघटन गर्दिन मन छ...

Image
मलाइ पनि बेलाबेला जिन्दगी बिघटन गर्दिउ गर्दिउ जस्तो हुन्छ। फेरि सोच्छु, कोपिलाहरु नफक्री सपनामै बिलिन भए भने? जुन कुरा जीवनको आदर्श हो, आफूलाइ आनन्द दिने चौतारी हो त्यै भत्काएर खोजेको खुशीले शान्ति मिल्छ र जस्तो लाग्छ। सुस्केरा आउछन, हेमन्तमा पनि केही फूलहरु बेतोड फुलेका छन, पत्रहरु छर्छन तिनैले, तिनै फूलहरुको डाह गरेर यो अनित्य जीवनको सार खोज्न मज्जा आउला त? अवश्य आउदैन। त्यसो त उन्मत्त हासोहरुलाइ केही थान अख्तियारले बोलाउन लाइन लगाएर राखेका सर्कारी कर्मचारीको उदास अनुहारसग आउने कुन्ठाको जोहो पनि त होइन। हिमालहरु, हावाहरु, उच्छवासहरु, सान्निध्यहरु, लम्बेतान यात्रामा छुटेका गोरेटाहरुले नै त जीवन उर्जाशील बनाइराख्ने औ मधूर मुस्कान बताइराख्ने। मलाइ जूनसग बात गर्नुछ, ताराहरुको चमक चोर्नुछ, आकाशगंगाजस्तै शान्त औ भाष्य हुनुमा जीवन छ, जीवन मायावी छ। परिभाषाको संकिर्णता त मलाइ औधी विरक्ती लाग्छ, निर्जल पनि। किन यतिबिघ्न फूलहरु फुलेका यो हेमन्तमा? बहार आउदै छ? कि माघ ३ गतेको शुन्य तयारी प्रतिध्वनित हुदैछ? जीवन, जगत र ब्रह्मको अन्तिम सत्य मिथ्या होइन, ओ मेरे सपनोके सौदागरजस्तो निरस लाग्ने कामना...

निवृत्त हो ए फकिर!

Image
कफी मन पराउछौ? त्यति उत्साही नभएपनि यत्तिकै भन्दिए, खासमा त म विराटचोकको दुइ टाकावाला च्या मन पराउछु-आवेगहरुको अन्त्य भै खलासीलाइ पिन्की देखाएर रोकिदै गर्दा हुस्सूले पूर्णत: ढाकिएको होस, तन्मयी जवानीको निरस उत्सर्जन पोख्न नसकेर कल्याणपुर नपुग्दै सुन्दरी पेडा भन्डार खोलेर बसेका फत्तेपुर ब्लुजको कहानी मन पर्छ नि मलाइ त-प्राङारिक क्या! आखा झिम्काउदै दिएको सानो पेलामा गाढा चिनीको कडक रङ होस, तिमीजस्तै यौवनी र तुफानी लाग्छ मलाइ। त्यसो त एकसाथ देखेका धनेशहरुजस्तै खलिहानभरि तिम्रो प्रतिक्षा त कस्ले गर्यो होला र, एक दिन चौधरी ब्रान्ड पोतिएको साइकल चढेर कल्भर्टमा पर्खिदै मन्द मुस्कानसहित धड्किएको अमेल औ अव्यक्त प्रेम कुनै बिरगन्जीया कहानीभन्दा सस्तो होला र? सेता हिमालहरुको आकृति आक्कलझुक्कल देखिने पर्वतहरुमा तिम्रा चिसा हातहरुले कत्रोबिधि हियाएका थिए, उस्तै स्निघ्ध भएको अमर्त्य पालुवालाइ हेरेर प्रेषित म तिमीलाइ बहोत प्यार गर्छु फूलवा त ऋचाजस्तै गुन्जियो, मलाइ आवन्तरहरुले प्रेम गरे औ आघात पनि। तलाउ, पर्वत औ मन्जरीहरुको सुकोमल परिभ्रमण तिमीसम्म पुगेको देखेर चकित औ पुलकित भै स्फुरणको अन्त्य भएको स...

मिसल, चखेवा औ चुम्बन

Image
तिमी कसरी आयौ? मिसलले सोधी। कान्छीसग, मैले भने! कान्छी!? आश्चर्यमिश्रित भावमा मिसल सोध्छे। हो जस्ले मलाइ यो लामो यात्रामा सजीव बनेर साथ दिइ, उस्लाइ म कसरी साथी नभन्न सक्छु? तिम्रो कसरी दक्षिण एसियायी लवज आउदैन? उ सोध्छे, मलाइ अन्तर्राष्ट्रिय प्रस्थानहरुमा दारी नकाट्दा सोधिनेजस्तै मुख बङ्याएर भने- म इरानी (गोइङ आइरान?) हो नि त! उ मजाक गर्छे। म बसेको मेच अगाडी त्यो आफै आएकी औ मन्द मुस्कुराएकी हो, सुरुमा त पर्यटकिय हिसाबले मैले पनि एउटा निरस मुस्कान दिएर हाइ भन्या थिएं उस्ले जस्तै, तर धर्म, साधना, भागवत गीता, वेदान्तजस्ता सघन शब्दहरुले घोच्न थालेपछि मैले सोधें, तिमीलाइ यो सबै कसरी थाहा भयो हं? उ भन्छे सिकाइ निट्य छ, अनि पूर्वीय सभ्यता मोन पोराउचु। बेपर्वाह अट्टहास हास्छे त्यो। नेपाल आइराख्छौ? हो मेरो ११ औ पटक हो यो, फुटकर नेपाली बोल्छे उ। आज मायाका कुरा गरेर लामो बाटो कटाउने मेसोमा छे उ। म पनि के कम? प्रेमको निर्गुण औ सन्तृप्त अभिप्रायको मेलो निखारेर जीवनको उदात्त वैंश गुजारेको प्रेमिल परिभ्रमणलाइ स्वप्निल स्मृतिभरि सजाएर हिडेको एउटा नौजवान प्रेमभन्दा बढी अरु कुन कुरामा पोख्त हुन्छ र! आज ...

अबिरं छंगु ख्वा हिसी देका बिल ...

Image
आजभोलि लेख्न छोड्यौ? हांसेर सोध्छे उ। म: अं, त्यस्तै! नलेखेकै राम्रो नि तिमीले बुझ्ने गरेर लेखे पो! उसलाइ आज उडाउन मन छ, म आंखाहरु तर्काउछु र कुनै अनिच्छित उदगारजस्तो सुनेको नसुन्यै गर्छु। हो यावत वासन्ती भोगटेहरुको स्वप्निल आवेदन जाहेर भैसके पनि मैले लेखेकै छैन, मलाइ स्फुरण र अंकुरणमा झुकाव छ, अर्किर्णलाइ त्यस्तै होस। छालहरु हेर्दै सागरको हरित जलमा खुट्टा झुलाएर बस्नुपर्ने आइतवार, फ्यावतालको गहिराइ नि नभेटेजस्तो हुने, बेरंग। अक्सर विस्मृतिको कुहिरो लाग्ने औ सम्मोहनको निअर्थी अर्थी सम्झेर युगीन स्वादन म गर्दै रहन्छु। गोरेटो, पल्लव, हिमाल औ खलिहानहरुको मृतप्राय लाग्ने जीवन सम्झेर पुलकित हुने म लालबुझक्कड हो? यानि मलाइ गोरेटोहरु धीमा लाग्छ, टेलर पनि नहुदा त मलाइ औधी बिस्मयी पनि। आकाशगंगा देखेर डराएको त्यो पल मैले सानो झ्यालभित्रैदेखि तिमीलाइ चिहाएको थिएं नि, मलाइ लिफाफावाला खत लेख, तब न म विचार गर्छु भन्दियौ! म सानो तर उग्र बन्ने कल्वर्टको सिंढीमा तीव्र धड्कन बनाएर सुस्ताउदै थिएं, सुस्ताउनु मयावी औ छालमय थियो तरंगित अनि। हेर फुलवा! तलाइ त म ठुलो हिरो साइकलको पछाडि राखेर हरिवन लैजान्छु, त...

श्लेष्मा: एक परिच्छेद

Image
  परिच्छेदहरु नि? हो परिच्छेदहरुसग मेरो सम्भाष हुन्थ्यो, भाष्यको भावातीत अवान्तर बोकेर सुटुक्कै बयेलीहरु आउने पैनीको बाटो मलाइ भ्यागुताहरुले साथै लिएर जान्थे, मलाइ त्यो अभाष्य र निर्जन लाग्थ्यो, खलिहानहरुमा निस्फिक्री डुल्ने यादहरुलाई रोकेर दुइ-चार शब्द देहाती बात गर्न मन हुन्थ्यो, झ्याउँकिरी र जूनकिरीहरुका गाथा सोध्ने उच्छवासहरुको निस्प्रिय आगमनमा तोरीका फूलहरुले उत्सर्जन गर्दथे, लताहरुसग रल्लिएं! महाभारतका खोल्सीहरुको सुगन्ध भन्दा मलाइ तिमीले बनाउने चियाको तुफानी कप, भक्काको अमूर्त औ निरस रसिक आव्हानले डोर्यायो, श्लेष्मा आइ! त्यो आएकी थिइ? मलाइ मधुर लाग्ने महाभारतका अमर बेलिकुंजहरुको मायावी पर्दा मन पर्यो, तिमी पर्दाभित्र, तरंग त मै मा थियो सजीव, शुष्क औ सम्भ्रान्त! छालहरुले उत्सर्जनको आभा लिएर आए, वासन्ती वात्सल्यको तारापुंजजस्तै, आभालयका प्रेक्षित अनुकम्पाहरुले उद्दरणको धून बजाउदै गर्दा वर्षातका फोकाहरु गन्दै एकै छातामा अमर प्रीतहरु बगेका थिए नि, त्यै दोबाटोको पथिक भएर प्रतीक्षाका छायाचित्र औ कायाकल्पहरु सम्हालिने पावनिक शीतलहरीमा फेरी हाम्रा मार्गहरु अनित्यको भेल छिचोलेर आउलान...

बा

Image
  तिमी गयौ! उनको बारेमा चाहि केही लेख्दैनस? प्रसंग कतिपयमा सोधिने प्रश्नहरुले आँधी ल्याउछन, के म साच्चै केही लेख्न सक्दिन? अनवरत औ अजर प्रेमको अव्यक्त पाठशालाको ढोका कहिल्यै नखुल्ने हो त? मथिंगलको तुवाँलोले विस्मृत भैकन पनि तिमीले दिने यावत आरोही साथहरु हुन्जेल म लेख्न कसरी सकूँ र! साथ छोडेपनि तिम्ले र मैले सगै हेरेका ककेसस पर्वत, एन्डीजका शृंखलाहरु, मरुतलका उच्छ्वासहरु, खलिहानहरु, बेमेल औ बेलगाम नृत्यांगनाझैँ लाग्ने सुस्केरा, धूप, सन्देह, औ परिभ्रमणको व्यग्रताहरुमा आउने तिम्रो एक मुठी सप्कोको नियत क्लिष्ट औ संदेही छ-मलाइ तिमी टाढिएको रत्तिभर भ्रम छैन, यानी तिमी अमर बन्यौ, म संगममा मिलें! अब माथि जानुभो, भगवानको साथमा-कसैले मेरा आँखाका डिलहरु पुछेर भन्दियो, मैले तिमीलाई त्यतिबेलासम्म हातको रातो आगोको लप्काले जलाइसकेको थिएँ, म तिमीलाई धरामा सजीव बनाउन चाहन्थे, तिमीलाई कतै नदुख्ने, नबिझ्ने गरेर कफिनभित्र सजाएर हरेक याम तिमीमाथि बसेर तिमीसग रुमानी बातहरु गर्न चाहन्थें, तिमी र म सधैं बस्ने अमलाको रुख रोप्न चाहन्थे औ तिमीले जवाफ नदिए पनि म यावत प्रश्नहरु सोध्न चाहन्थें, तर तिम्रो काँधमा...

२८ किलोको बेन्च, सामरी पुल औ सोपान

Image
  यौटा कथा... उनी २८ किलो बस स्टपको बेन्चमा बसेर पर्खिरहेकी थिइन... आखिर आँखाहरु नै त हुन, प्रसंग कतिपयमा सम्मिलित हुन पनि सक्छन| हिउँदका उन्मत्त घामहरुको बेपर्वाह उनले निलो स्वेटर लगाएकी थिइन, औ उनका मसिना आखाहरुले मर्मश्पर्शी यादहरु बोकेका थिए, च्याउसी! कसैले भन्दिएछ, हेर्न मलाइ त त्यो बेइमानले च्याउसी भनेर ल्यायो! उ सोध्छ, 'तिमीलाई सानै आँखा सुहाउछ नि त! साथी भनेर भनेका होलान|' उ भन्छे, 'मलाइ त त्यो मनै पर्दैन|' उ ढाडस दिन्छ औ साना आँखाहरु पनि मायावी भएको आभाष दिलाउछ| 'म तिमीलाई माया गर्छु!' उ अनायासै बोल्छ, औ अवाक हुन्छ... तिमी आफ्नो करियरमा फोकस गर, धेरै गर्न बाँकी छ, तिमी राम्रो मान्छे हौ र म भन्दा राम्रो केटी पाउछौ तिमीले, उसको आक्कलझुक्कल टोन आउछ| 'मैले त तिमीलाई मन पराइसकें नि!' उ फेरी जिद्दी कस्छ| हाम्रो जात मिल्दैन, मेरो ममीले मान्दैन, उ थप्छे| यावत सम्वार्ताको नाउ तरेर तिनीहरु मेरो अघिअघि हिडीरहन्छन, मलाइ अल्छीपनाले सताएको बखत तिनीहरुको सम्वार्ताको धीमा खेस्रा मथिंगलभरि मिसाएर म आफै लेख्छु बाँकी यावत आयामहरु-झील, झ्याल, औ झ्यालिंचाहरुको! अनि ...

आरुका फूलहरु: दुर्दान्तको काया, दीक्षा, औ छोसेरको छोर्तेन

Image
पूर्वी आकाशमा आरुका फूलहरुजस्तै ताराहरु एकनास उल्लासित थिए, हिमालका फिका मुस्कानहरु नखुल्दै तिमीसग प्रेम भयो! रातहरुले नयनका पर्दा नउघार्दै पदचापहरुको छायाचित्र कोरेर म तिम्रो अमर प्रेमको बाटो गएको थिएं, यात्री- कस्ले भन्यो? नियात्री हो म यात्री होइन, आंखै अगाडिको माछापुच्छ्रे औ मर्दी हिमाललाइ साफसाफ भन्दिएं, हो म नियात्री हो! बेसक्याम्पहरु ठुस्स परे, मैले फेरि भन्दिएं, ठुस्की! नाकको डांडीमा रिस भएकाहरु! मोदीको तिरैतिर सुस्काहटमा अमृत यादहरुको झोला थपेर मलाइ फांटजस्ता लागेपनि उतिबिघ्न बयेली नभरिएका स्निघ्ध लालिमाहरुसगै पथिक हुने मन भयो-एक्लो बिल्कुल एक्लो! आक्कलझुक्कल बेसक्याम्पबाट फर्किनेहरु सोध्छन, ट्राभलिङ योर्सेल्फ? म नसुनेझैं गरेर मुसुक्क हांस्छु औ भन्दिन्छु थ्री! हाउ कम? एउटालाइ गज्जब लागेर प्रश्नार्थी हुन्छ। स्याडो, हर ह्यालुसिनेसन्स एन्ड मी, म सम्वार्ता छोट्याउन चाहन्छु, झन्डै ४००० मिटर पुगिसकेपछि मलाइ बोली कम औ पर्याप्त परिकल्पनाको साथ प्रिय हुन थाल्छ, तिमी दक्षिणी मोहडाबाट यतै झर्दै गरेकी भेटिए है? मनोवादको शृङ्खलाको एउटा पर्वत उरालिन्छ, भावहरुको बेमेल पर्दा हुदै अनायासै साटि...

c'est la vie

Image
  ... रंगमंचहरुको अवसान भो! पर्दाहरुजस्तै आकृत भैकन पनि यक्ष लाग्ने यायावरको संक्षेप औ अपूर्व छायाहरूको बेनामी एउटा रंगमंच अनायास अवसान हुनासाथ मलाइ तार आउछ, बेनामी खत-यानी तिम्रो आभाजस्तै! प्रिय जिन्दगीको मायावी झंकार उरालिएजस्तै चराहरुको संगीतले यायावार बिदा माग्छ, फूल, केही थान मायाका छापहरु औ संवेगको चिहान सम्झेर-एउटा प्रिय/अप्रिय दुवै लाग्ने संगमको चौतारी, सुस्केरा अनि भित्री मदेसकै लहरित वरहरुको बाटो भएर लत्रिने बेमेल छायाहरु, अझ कायाहरु पनि! तिमी बुझ्दैनौ? यो प्रश्न या उत्तर थियो हँ? हिमालको सिरेटोजस्तो लाग्ने औ सामेल मुटु छेड्ने कस्तो शब्द थियो? एवं रीतहरुको पर्दा उघार्दै हिमाली हावाहरुले सुस्तरी स्याँठहरु पठाउदै गर्दा मुठ्ठीहरु कसिने गरेर देखिने घुर्मैलो जून मात्रै त साक्षी थियो-त्यो कायाकल्पको स्वपनिल एक दस्तखत-यायावरीय शुष्कताको हिमाली फिरिस्त! खाल्डी-मुहारको आकृतिमा आउने छालहरुको एक संगम तेस्रो नेत्रजस्तो खाल्डो परेको देखिने गरी बनेर फुट्छ, पानीको फोकाजस्तै, अप्रेम अव्यक्त औ अमेल अवसरहरुको अनित्य आवेगमा आयातीत अन्तरा-खाल्डी! तेजाबी लाग्ने औ ऊनझैँ चंगा हुने प्रिय रातहरुम...