हर्पनखोला ब्लुज

हर्पन खोला तिर हेर्दै गर्दा सुटुक्कै तिमी नआइदिएकी भए? एउटा सिङ्गो ऐना मृतप्राय: त हुदैन थियो नि? माछापुच्छ्रेलाइ समीप बनाउन त्यतै कतै कोरा योजना बनेका थिए! राजनलाइ लौ बाबु यसपालि चै पक्का है त भनें, उत्साहित राजनले सबै मिलाएपछि के चाहियो र फकिरको हरियो लठ्ठी सिधै सोझियो, स्यांठ्को ४५०० मिटर त क्या यादगार थियो, हिमाल दाहिने पारेर हिंड्नुको मज्जा बेग्लै थियो। बेमेल त तारहरु थिए, उसो त जिन्दगी कहा मिलेको थियो र जेनेतेन चलेको, टाल्दै फाटेको, त्यक्त उत्सर्जनको बाफजस्तो, मुफ्त औ मलिन, सौम्य पनि तर! ताल हेरेर तिमी नमुस्कुराएकी भए नि? माझीकुना को जान्थ्यो र, रङहरुको अवयव मलाइ त्यस्तै फिका लागेको थियो, रेवतीले बुलेट बाइक निकाल्यो, बस कां जानी हो! हिड माझीकुना!





उत्साहित, तेस्को स्कुल ब्याग औ फन्की यात्रा शैली औधी पृथक थियो त! रमेशले आफ्नो लवज बिर्सेको थियो, विशालले तीर हान्थ्यो! शान्त तलाउहरु नभए पनि नग्न पर्वतहरु थिए, कठिनतम मध्येको एक न थियो जीवन अक्सर यस्तै हो, सुटुक्कै सम्झाएको थिए मनलाइ। पर्खि, उचाइको रौनक त हेर कस्तो यादगार हुनेछ। गीतहरुले सुगन्ध छरे, रेवतीको मधुर आवाज थियो, साचिकै म नजिकै वसेर गाउदा अरुण थापा र योगेश्वर अमात्यको कम्बो जस्तो, तर आगोको छेउमा बसेर यादगार गीत गाइयो, नेवारी पनि! अक्टोबर महिनाको लवज सुरम्य थियो औ छ, हल्का चिसो सुरु हुन्थ्यो, उत्साही यात्रा योजना बन्थे र पो र शरद आएको भान हुन्थ्यो, दशै नसकिदै तुफानी यात्रा आउथे र पो दशै आएझैं हुन्थ्यो। शान्ति स्तुपको बाटो हिडेर नगाको पनि त धेरै भयो, कि रेवती कि राजन कि पिजी या रमेश मध्ये एकजनासग जाने भएर होला झ्याउकिरीको गीत सुन्दै एक्लै त्यस्तै यात्रामा जान मन भयो, नितान्त एक्लै, म औ म सग। छायाहरुलाइ गिज्याउदै, मनोवादको परिच्छेद परिवर्तन गर्दै, माछापुच्छ्रेतिर हेरेर भन्न मन छ-देख्यौ समय कति बलवान छ? देख्यौ मानिस कति परिवर्तनशील छ? तिमीजस्तो ठिङ्ग उभिएर निरस भएर नियाल्नुमा के मज्जा छ र, आउ म जस्तै फकिर होउ, तिमीसगै मलाइ उपल्लो डोल्पो जाने मन छ, म कथाहरु भनिरहन्छु तिमी मुस्कुराउ! हुनु नहुनु, पाउनु गुमाउनु, नियात्रा संस्मरण, सजीव निर्जिव, परिचित अपरिचित सबै झ्यालहरु हुन, अभावको याद पूर्णतामा कहा हुन्छ र! फेवाताल, कहिल्यै हर्पन खोला मिस गर्छौ?

Comments

Popular posts from this blog

Home

कृतवेदिन्: आभारका दुइ शब्द

लाउरा