लाउरा

मुक्त आकाशमा कावा खान चाहन्छौ? अचानक यो सबै भैरहेछ, झ्यालको पर्दाबाहिर हेर्छु, शशी हासिरहेकी छन्, यो गगनको प्रीत कतै अलेख्य औ अलौकिक दुवै लाग्ने माधुर्यको उपवासित कौमार्यका धूनहरु आलापमा बगेजस्तो सिरेटो श्रवण हुन्छ अचानक म मा! ती अव्यक्त प्रीतकणिकाहरुले शीत बनेर बगेको धेरै भो, कतै वाष्पित, कतै उष्णताको उपवास! रंगीन त्यो भंगीमा भरि मलाइ मुक्त आकाश मन परेन! उत्सर्जनको आवेगमा तृष्णाका भेलहरुले जीवनको रंग खोजे, मलाइ युगीन लाग्ने परिकथाहरु कतै लेखेनन्, तिनका निवहरुले स्वेत लेखे, मलाइ वैजनी मन पर्यो, वासन्ती काठमान्डूजस्तै!





छालहरू गन्दै फाटकमा तिनीहरुले मलाइ बस्न दिएनन, न त जीवनको परिभाषा खोज्न गेरुधारण गर्न दिए, दिए त दिए बस फिका लाग्ने मधुरा र चस्माको घेरो उचालेर हेर्नुपर्ने मिहिन तर कथित जीवनका पानाहरु, परैबाट हेर्दा सादा कागज त नियाल्दा जीवनका सिद्दान्तहरु! म जीवनको लालमोहर होइन, उदात्त बनेर राग अलाप्ने, जीवन बाचेको मान्छे मैमत्त भएर! तिनीहरु मलाइ स्वतन्त्र देख्छन, तिनीहरु मलाइ स्वतन्त्र देख्दैनन? सपनाका धारावाहिक बाहेक म मुक्त तर शुष्क आकाश चाहन्छु लाउरा! तिमीले देख्ने उत्तरी रंगीन रंगहरुको योजनजस्तै लाग्छ मलाइ यो पल, जसको हरेक निमेष म भोग गर्न चाहन्छु, परिकल्पनामा, स्वप्न/दु-स्वप्नमा, लमतन्न बास्कींगमा, औ लहरका उजाड रसातलहरुमा! त्यस्तै प्रिय जीवन जसरी तिमी मुस्काउछौ लालित्यको वान्छित तर अगम्य भूभाग बनेर! जीवनको सर्वथा आलिंगनमा तिमी पातहरुको छायाचित्र हेर, मलाइ त्यो चलचित्र, बोलचित्र या बहुआयामिक चित्र सबै लाग्नेछ, यो नियात्राको युगीन पीपलको जीवन जहा तिमी मध्यान्हको घाम छल्न चैनी माड्दै झुम्छौ, हो म मुक्त आकाश चाहन्छु, जहा ताराहरु उनेर म चाहेकै मुखाकृति बनाउँन सकूँ, यानी तिम्रो गीत र प्रीत दुवै अंगाल्न सकूँ!

Comments

Popular posts from this blog

Home

कृतवेदिन्: आभारका दुइ शब्द