अबिरं छंगु ख्वा हिसी देका बिल ...

आजभोलि लेख्न छोड्यौ? हांसेर सोध्छे उ।

म: अं, त्यस्तै!
नलेखेकै राम्रो नि तिमीले बुझ्ने गरेर लेखे पो! उसलाइ आज उडाउन मन छ, म आंखाहरु तर्काउछु र कुनै अनिच्छित उदगारजस्तो सुनेको नसुन्यै गर्छु।





हो यावत वासन्ती भोगटेहरुको स्वप्निल आवेदन जाहेर भैसके पनि मैले लेखेकै छैन, मलाइ स्फुरण र अंकुरणमा झुकाव छ, अर्किर्णलाइ त्यस्तै होस। छालहरु हेर्दै सागरको हरित जलमा खुट्टा झुलाएर बस्नुपर्ने आइतवार, फ्यावतालको गहिराइ नि नभेटेजस्तो हुने, बेरंग। अक्सर विस्मृतिको कुहिरो लाग्ने औ सम्मोहनको निअर्थी अर्थी सम्झेर युगीन स्वादन म गर्दै रहन्छु। गोरेटो, पल्लव, हिमाल औ खलिहानहरुको मृतप्राय लाग्ने जीवन सम्झेर पुलकित हुने म लालबुझक्कड हो? यानि मलाइ गोरेटोहरु धीमा लाग्छ, टेलर पनि नहुदा त मलाइ औधी बिस्मयी पनि। आकाशगंगा देखेर डराएको त्यो पल मैले सानो झ्यालभित्रैदेखि तिमीलाइ चिहाएको थिएं नि, मलाइ लिफाफावाला खत लेख, तब न म विचार गर्छु भन्दियौ! म सानो तर उग्र बन्ने कल्वर्टको सिंढीमा तीव्र धड्कन बनाएर सुस्ताउदै थिएं, सुस्ताउनु मयावी औ छालमय थियो तरंगित अनि। हेर फुलवा! तलाइ त म ठुलो हिरो साइकलको पछाडि राखेर हरिवन लैजान्छु, तिमी त्यसै गरी उस भन्थ्यौ औ मैले हरिवन कहिल्यै नदेखेको सम्झिन्थ्यौ। सही पनि त थियो, आवेगको बिघ्न प्रतिक्षा गरेर मलाइ रातुको तिरैतिर धनेशहरुसग रल्लिन कम्ता मज्जा आउथ्यो त, अनि त म हरेक चोटि पडुवासहित थपेर गइल भेंस पानीमे भन्दिन्थें तिमीलाइ त्यो अपाच्य लाग्थ्यो, देहातको कंचन उच्छवासको मधुर लहरी चल्थ्यो, सजल औ सम्मोहित पाइला त थियो कमसेकम। तिमी मलाइ जून लाग्छ, ताराहरुको चमकलाइ तिरस्कार गरेर हामी आकाशगंगाको यात्रामा जाने हो? अमूल्य लाग्ने बातहरुको युगीन प्रतिक्षाहरुले नवीन बयेलीहरु ल्याए, म शुष्कताको खोजीमा दौडिएं, तिमी अमर बन्यौ। दोबाटो, नियात्रा, बेलीकुन्ज, डगर, औ पर्वतहरुमा तिम्रो आकृति पछ्याउँदै निरस औ निस्पृय बातहरु त कति भए भए, मलाइ सरिताहरुजस्तै बग्न मन थियो, तिमीसम्म आइपुग्दा त म अडिएं, मलाइ आंधी औ बाढी पनि त प्रिय लागेथ्यो, तिमीलाइ सर्किएको अमला कहांको थियो होला है? मलाइ त्यही पुग्न मन छ, अन्तर्य, अद्भुत औ अतुल्य विश्रामको एउटा लहलहाउदो चौतारी, वरका हांगाहरु तानेर ब्याकप्याकको सिरानी लगाइ मलाइ सपना देख्न मन हुन्छ, अमर बेलीकुन्जहरुको, अतृप्त हाम्रा सपनाहरुको। म स्तुत्य गीतहरु गाउदै गर्छु, शान्त तिम्रा पाइलाहरु पनि त चलमलाउछन, मलाइ आज मुड छ, 'अविरया होली...'

Comments

Popular posts from this blog

Home

कृतवेदिन्: आभारका दुइ शब्द

लाउरा