मिसल, चखेवा औ चुम्बन
तिमी कसरी आयौ? मिसलले सोधी। कान्छीसग, मैले भने! कान्छी!? आश्चर्यमिश्रित भावमा मिसल सोध्छे। हो जस्ले मलाइ यो लामो यात्रामा सजीव बनेर साथ दिइ, उस्लाइ म कसरी साथी नभन्न सक्छु? तिम्रो कसरी दक्षिण एसियायी लवज आउदैन? उ सोध्छे, मलाइ अन्तर्राष्ट्रिय प्रस्थानहरुमा दारी नकाट्दा सोधिनेजस्तै मुख बङ्याएर भने- म इरानी (गोइङ आइरान?) हो नि त! उ मजाक गर्छे। म बसेको मेच अगाडी त्यो आफै आएकी औ मन्द मुस्कुराएकी हो, सुरुमा त पर्यटकिय हिसाबले मैले पनि एउटा निरस मुस्कान दिएर हाइ भन्या थिएं उस्ले जस्तै, तर धर्म, साधना, भागवत गीता, वेदान्तजस्ता सघन शब्दहरुले घोच्न थालेपछि मैले सोधें, तिमीलाइ यो सबै कसरी थाहा भयो हं? उ भन्छे सिकाइ निट्य छ, अनि पूर्वीय सभ्यता मोन पोराउचु। बेपर्वाह अट्टहास हास्छे त्यो। नेपाल आइराख्छौ? हो मेरो ११ औ पटक हो यो, फुटकर नेपाली बोल्छे उ। आज मायाका कुरा गरेर लामो बाटो कटाउने मेसोमा छे उ। म पनि के कम? प्रेमको निर्गुण औ सन्तृप्त अभिप्रायको मेलो निखारेर जीवनको उदात्त वैंश गुजारेको प्रेमिल परिभ्रमणलाइ स्वप्निल स्मृतिभरि सजाएर हिडेको एउटा नौजवान प्रेमभन्दा बढी अरु कुन कुरामा पोख्त हुन्छ र!
आज रमिता छ भनेर लेख्ने आइबीहरु बुढा भएपछि लहरो लम्बेतान बनाउनु उचित होइन र? पक्कै हो, स्नेहित पल्लवहरुको अर्किर्ण उच्छवास बोकेर जौका शिशिरिय अवशेष ताप्दै मलाइ द ल्यामेन्टेसन अफ ओल्ड पेन्सनरको जस्तै मुखै रसाउने मायावी बात गर्नुछ। मिसेल भन्छे- सान्चो माया काइले मोर्देन, पाइलो माया सान्चो माया हुन्च। मैले बिचैमा रोकें, हेर मिसल, माया दुइ चोटि पनि हुनसक्छ। दुइटा मायामध्ये एउटा पहिलो हुन्छ अर्कोचाहि अमर प्रेम हुन्छ, कहिलेकाहि यो दुबै एकैजनासग पनि हुनसक्छ, जस्तो तिम्रो डच प्रेमी थियो नि त्यो तिम्रो पहिलो र अमर प्रेम दुबै हो- त्यो सपनामा सायद अझै आउछ, तिमी हरेक तिम्रा प्रेमीहरुलाइ मार्टिनजस्तै सोच्छौ, जस्तो तिम्रो प्रेमीले देखाउने भङिमा या उस्ले हास्दा देखाउने दांतको आकृति तिमीलाइ मार्टिनको जस्तै लाग्छ अझ भनौ न तिमी गर्ने हरेक तुलना, परिकल्पना औ चाहना तिम्रो अमर प्रेमसगै हुन्छ। उन्मत्त हासो, उद्वेगको अपहेलित मुस्कान, शिथिल, चकित, थकित, आनन्दित सबै हुंदा अमर प्रेमको नियास्रो हुन्छ। हुन त मान्छेहरु जिर्ण छन तर तिनिहरुको प्रेम अजिर्ण औ अमर छ र युगयुगसम्म राज गर्दछ नि मिसल! यति भनिन्जेल मिसल मुख आं गरेर मेरो कुरा सुनिरहन्छे। मलाइ क्यानभास धीमा लाग्छ र भन्छु हेर मिसल म त आइरानी हुं औ मलाइ आइरानी बुलबुलको जस्तै मायाका कुराहरु आउछन, बांकी मसग केही नसोध औ मलाइ चिन्ने प्रयास पनि नगर। उ टाउको हल्लाउछे र शान्त नुतनको फा जस्तै आकलन गर्छे। तिमीले प्रेम गर्यौ? म जवाफ मुस्कानले दिन्छु। सुन मिसल, अमर प्रेम बेलीकुन्जमा हुन्छ, शान्त तलाउ, निलो आकाश, छहराको मधुरिमा, पुड्का लाग्ने पर्वतहरु, उचाइका शान्त औ अगम्य हिमालहरु, धराको प्रेमिल वासन्ती उच्छवासहरु, चखेवाका कहानीहरु, शिशिरका क्षम्य फूलहरुमा, शैशवको उदात्तता, यौवनको लज्जा सबैमा अमर प्रेम हुन्छ। अनि प्रेम कहां हुदैन त ल्युकास? मेरो नाम नजानेर उस्लाइ मैले हाम्रो सम्वार्ताको लागि एउटा नाम भन्न सुविधा दिएको हुन्छु! हो मिसल अमर प्रेम नहुने पनि ठाउंहरु हुन्छन, प्रेम कठिन चीज हो, निभाउन गारो हुन्छ त्यसैले अक्सर मान्छेहरु तुलनामा रुमल्लिन्छन, कोही स्वार्थी माया गर्छन, अरुहरु सम्बन्धको तेजले खरानी हुन्छन, महत्वाकांक्षी बनेर आधी सक्किन्छन! आजकाल फेरि मान्छे प्रेम कहां गर्छन र मिसल मान्छेहरु त सम्झौता मात्रै गर्छन, मान्छेहरु विवाह, यौन, तृष्णा औ वासनालाइ प्रेम भन्छन, अझ सयल, सांसारिक सुखका त्येज्य वस्तुहरुसग हुने रतिरागलाइ प्रेम भन्छन, हेर फरबरी नजिकिदै छ, मान्छेहरु उपहारलाइ प्रेम भन्नेछन अनि यो बिर्सिन्छन कि झन्डै ३० सेन्टमा आउने गुलाबको फूलले जीवनको सार बोकेको छ भनेर। मिसल अवाक भै, तेस्का आंशु छचल्किएपछि मैले बर्नीको मिम हेरेको छौ भने औ आफुलाइ चाडै पुग्नुपर्ने भएकोले अलिक अगाडि जाने कुरा सुनाएं। उस्ले पृथ्वी गोलो छ भनी, मैले उस्तै फिरङी उजाड मुस्कान दिएं।

Comments
Post a Comment