शीताष्मा: भरबलिया, बारा उवाच!

अनायास, संतृप्त आँखाहरुले शीताष्मा लिएर आएझै, टोलाउछन आखाहरु, ताराहरु नझर्ने रातमा पनि सानो बुँदझैँ लाग्ने आकाशको दर्शन विन्दु पहिल्याउछन, आखिर आखाहरु न हुन, सजीव परिकल्पनाका हिस्सेदार, प्रेमिल सम्वार्ताका साक्षी, र धुमिल औ सजल उच्छ्वासहरु! वसन्तको यौवन प्रफुल्लित भएपछी, क्षितिजको निसा नलाग्ने पर्वतका कल्पनाहरु यतिकै आइदिन्छन, हिमाललाइ दाहिना पारेर अक्सर गोधुलीतिर हुने स्वप्निल आवागमनहरु, शहरको फाटकदेखि देखिने सागरका उत्साही छालहरु! समयको बहावले ठ्याक्कै कोल्टो नफेर्दो हो त, म्याककी लाउराको लवजको नक्कल, स्नेही धुपीसल्लाका छायाहरु, वासन्ती धुपका सप्ताहन्तका ति बीच गोइंगहरु, उस्तै आवर्तनमा हुदा हुन, आगतको युगीन अनुभवका लागि पाइलाहरु फिजिएपछी, शारदीय रंगहरुको क्यानभाष धुमिल तर प्रेमिल हुदै जान्छ भन्नुको पतीत बोध अगम्य भएर आयो, स्याँठ कहिल्यै नसकिने र अक्सर हिमाच्छादित बन्ने ति नग्न पहाडहरुमा तिमी कतै भेटिएकी भए, या भरबलियातिर पान खाँदै गर्दा साइकलको घन्टी बजाउदै आइदिएकी भए?





रंगहरु बदलिन्थे होलान, फूल टिप्न नसक्दै ओइलिएको हेर्छु, कम्तिमा कार्यस्थल बाहिर केही गुलाबहरु बेतोड सन्जोगले फुलेका हुन्थे, अझ फक्रेकै भन्दा पनि हुन्छ! अक्सर ताल्छीखेलमा फुल्ने ज्याकारान्डाले फक्रिन ढिलो गरेर विरोध जनाएकोमा खेद लाग्ने कति मायावी आत्माहरु होलान है? बताससंग कुरा गर्नुको मज्जाले इतिहास नै मेटिने गरेर छालहरु आउछन, मलाइ एम्नेसियाले बिथोल्छ, पहाडहरु अजीब लाग्छन, तर तिमी? सधै स्निघ्ध, क्यानभाषको आधारभुत रंगजस्तो, जस्तो रंग दिन सक्छु, त्यस्तै भैदिने, शीतहरुले चुम्बन गर्ने, समयको बहाव एकछिन् रोकिदै तिमीलाई टोलाएर हेर्ने, उपमा म के दिउँ? तिम्रा मलिनताहरुको बोध हुन्जेल स्पन्दनको भार बोझिलो हुन्छ, वर्षात् त आउछ तर धरासुगंध कमै! तिनै मायावी आखाहरुमा आनायास परिवर्तन आएको देख्नु जति अप्रिय के हुदो हो, तर पनि जीवन छालमय छ भनेर सुनसान रातहरुमा प्रवीरराम चौधरीले जस्तै भित्ताहरु कोरिदिन्छु, भावावेशको नग्न पागलपनले बिथोल्छ, शीत र तिमी त मलाइ सधै नै स्निघ्ध लाग्छ, तिमीलाई माया गर्छु भन्नुमा ऋचामयी आभाहरु देख्छु, तिमी छौ र त सबै भएझै लाग्छ, तिम्रो उद्यानको स्वपनिल बागमा पनि वर्षातका थोपाहरु झर्दै हुन्छन, आखिर यौटै आकाश ओढेपछी दूरीको पनि किन आभाष हुनु हगि?

Comments

Popular posts from this blog

Home

कृतवेदिन्: आभारका दुइ शब्द

लाउरा