c'est la vie

 ... रंगमंचहरुको अवसान भो! पर्दाहरुजस्तै आकृत भैकन पनि यक्ष लाग्ने यायावरको संक्षेप औ अपूर्व छायाहरूको बेनामी एउटा रंगमंच अनायास अवसान हुनासाथ मलाइ तार आउछ, बेनामी खत-यानी तिम्रो आभाजस्तै! प्रिय जिन्दगीको मायावी झंकार उरालिएजस्तै चराहरुको संगीतले यायावार बिदा माग्छ, फूल, केही थान मायाका छापहरु औ संवेगको चिहान सम्झेर-एउटा प्रिय/अप्रिय दुवै लाग्ने संगमको चौतारी, सुस्केरा अनि भित्री मदेसकै लहरित वरहरुको बाटो भएर लत्रिने बेमेल छायाहरु, अझ कायाहरु पनि!



तिमी बुझ्दैनौ? यो प्रश्न या उत्तर थियो हँ? हिमालको सिरेटोजस्तो लाग्ने औ सामेल मुटु छेड्ने कस्तो शब्द थियो? एवं रीतहरुको पर्दा उघार्दै हिमाली हावाहरुले सुस्तरी स्याँठहरु पठाउदै गर्दा मुठ्ठीहरु कसिने गरेर देखिने घुर्मैलो जून मात्रै त साक्षी थियो-त्यो कायाकल्पको स्वपनिल एक दस्तखत-यायावरीय शुष्कताको हिमाली फिरिस्त! खाल्डी-मुहारको आकृतिमा आउने छालहरुको एक संगम तेस्रो नेत्रजस्तो खाल्डो परेको देखिने गरी बनेर फुट्छ, पानीको फोकाजस्तै, अप्रेम अव्यक्त औ अमेल अवसरहरुको अनित्य आवेगमा आयातीत अन्तरा-खाल्डी!
तेजाबी लाग्ने औ ऊनझैँ चंगा हुने प्रिय रातहरुमा अनिदो छाँयाको मुक्त आकाशमा एउटा तारालाइ सम्झिदै भन्न मन छ, तिमी उ त्यो तारा बन्नू, मलाइ खुला आकाशहरु मन पर्न थाल्नेछन-यायावर मृत छ, नजलाउ उसलाई, उ विस्मृतिको नया पानामा चीर निन्द्रा धारण गरेर यावत सोपानहरु हुदै तिमी तारा भएको ठाउँमा आउछ औ निदाउछ फेरी उस्तै चीर निन्द्रामा, रंगमंच भत्किएर बनेको अवशेष औ अवचेतन मंच छ, एक मुठी तिम्रो याद तिम्रो हृदयको ठेगाना सोधेर भौतारिरहेछ-बादलभित्र मुस्कुराउने पूर्णिमाको जूनझैं, सौम्य, स्निघ्ध औ चंचल! c'est la vie!

Comments

Popular posts from this blog

Home

कृतवेदिन्: आभारका दुइ शब्द

लाउरा