यो जिन्दगी बिघटन गर्दिन मन छ...
मलाइ पनि बेलाबेला जिन्दगी बिघटन गर्दिउ गर्दिउ जस्तो हुन्छ। फेरि सोच्छु, कोपिलाहरु नफक्री सपनामै बिलिन भए भने? जुन कुरा जीवनको आदर्श हो, आफूलाइ आनन्द दिने चौतारी हो त्यै भत्काएर खोजेको खुशीले शान्ति मिल्छ र जस्तो लाग्छ। सुस्केरा आउछन, हेमन्तमा पनि केही फूलहरु बेतोड फुलेका छन, पत्रहरु छर्छन तिनैले, तिनै फूलहरुको डाह गरेर यो अनित्य जीवनको सार खोज्न मज्जा आउला त? अवश्य आउदैन। त्यसो त उन्मत्त हासोहरुलाइ केही थान अख्तियारले बोलाउन लाइन लगाएर राखेका सर्कारी कर्मचारीको उदास अनुहारसग आउने कुन्ठाको जोहो पनि त होइन।
हिमालहरु, हावाहरु, उच्छवासहरु, सान्निध्यहरु, लम्बेतान यात्रामा छुटेका गोरेटाहरुले नै त जीवन उर्जाशील बनाइराख्ने औ मधूर मुस्कान बताइराख्ने। मलाइ जूनसग बात गर्नुछ, ताराहरुको चमक चोर्नुछ, आकाशगंगाजस्तै शान्त औ भाष्य हुनुमा जीवन छ, जीवन मायावी छ। परिभाषाको संकिर्णता त मलाइ औधी विरक्ती लाग्छ, निर्जल पनि। किन यतिबिघ्न फूलहरु फुलेका यो हेमन्तमा? बहार आउदै छ? कि माघ ३ गतेको शुन्य तयारी प्रतिध्वनित हुदैछ? जीवन, जगत र ब्रह्मको अन्तिम सत्य मिथ्या होइन, ओ मेरे सपनोके सौदागरजस्तो निरस लाग्ने कामनाको अवसान चिहानहरुमाथिको गुलाब हुन्छ। यी चराचर जगतका कायाकल्पहरु देखेर मलाइ हासो उठ्छ, मुस्कुराउछु तिनै कुन्ठित आत्माहरुले उत्कट यादहरु दिलाउछन, शान्त तलाउ हुन्छ, छालहरु आउछन-बुद्ध दर्शनको अनुयायी हुनाले मलाइ चार सत्यहरु बारबार याद आउछन, आखिर तिनै त छन जीवन जिउने औ बुझाउने सत्यहरु, नभए त सप्ताहन्तमा पशुपति जादा मलाइ ब्रह्मलीन हुन मन लाग्दो हो, पहाड चढ्दा मुस्कुराउन मन लाग्दो हो, फांटहरुमा बयेली खेल्न मन हुदो हो, आखिर नश्वर जीवन न हो, फूलहरु टिपेर माला लाउन मन हुंदो हो! पान्डाझैं सुतिदिउ? होइन, जिन्दगी बिघटन गर्नु छ, त्यो भन्दा अघि वर्षातहरु, छायाहरु, अमर बेलिकुन्जभित्र रुमल्लिइरहेका अमर प्रेमका कहानीहरु लेख्नु छ।

Comments
Post a Comment