श्लेष्मा: एक परिच्छेद

 परिच्छेदहरु नि? हो परिच्छेदहरुसग मेरो सम्भाष हुन्थ्यो, भाष्यको भावातीत अवान्तर बोकेर सुटुक्कै बयेलीहरु आउने पैनीको बाटो मलाइ भ्यागुताहरुले साथै लिएर जान्थे, मलाइ त्यो अभाष्य र निर्जन लाग्थ्यो, खलिहानहरुमा निस्फिक्री डुल्ने यादहरुलाई रोकेर दुइ-चार शब्द देहाती बात गर्न मन हुन्थ्यो, झ्याउँकिरी र जूनकिरीहरुका गाथा सोध्ने उच्छवासहरुको निस्प्रिय आगमनमा तोरीका फूलहरुले उत्सर्जन गर्दथे, लताहरुसग रल्लिएं! महाभारतका खोल्सीहरुको सुगन्ध भन्दा मलाइ तिमीले बनाउने चियाको तुफानी कप, भक्काको अमूर्त औ निरस रसिक आव्हानले डोर्यायो, श्लेष्मा आइ!


त्यो आएकी थिइ? मलाइ मधुर लाग्ने महाभारतका अमर बेलिकुंजहरुको मायावी पर्दा मन पर्यो, तिमी पर्दाभित्र, तरंग त मै मा थियो सजीव, शुष्क औ सम्भ्रान्त! छालहरुले उत्सर्जनको आभा लिएर आए, वासन्ती वात्सल्यको तारापुंजजस्तै, आभालयका प्रेक्षित अनुकम्पाहरुले उद्दरणको धून बजाउदै गर्दा वर्षातका फोकाहरु गन्दै एकै छातामा अमर प्रीतहरु बगेका थिए नि, त्यै दोबाटोको पथिक भएर प्रतीक्षाका छायाचित्र औ कायाकल्पहरु सम्हालिने पावनिक शीतलहरीमा फेरी हाम्रा मार्गहरु अनित्यको भेल छिचोलेर आउलान त? वर्षात वयस्क भएकी छे, वर्षातका बूँदहरुले तार दिन्छन, रंगीन आभा आउँछ, प्रेक्षालयको निरवता स्तुत्य नभए कुन मोड औ घुम्तीको एकोहोरो याद भेल बन्दो हो र? श्लील संगमको अरुणिमा प्रेतझैँ कुनै स्पन्दनभरि जाज्वल्यमान त छैन? यो अमूर्त तार औ ताराहरुको बेमेल आवेगको अन्त्य छ? सरिताहरुमा, श्लेषमान्तकहरुमा, औ अलौकिक घांटीहरुमा? या भनौ न तिम्रा सुकोमल पदचापहरुमा!

Comments

Popular posts from this blog

Home

कृतवेदिन्: आभारका दुइ शब्द

लाउरा