अन्त्यहरु

अन्त्यहरु यसरी अकारण बनिदिन्छन-सुनौला हिउदहरुले पनि पारिलो घाम नल्याएझैँ ...उस्तै परिच्छेदहरुको भावातीत वहिर्गमन बस! टिपेर छोडेका फुलहरुझैँ, यानी फुलको अर्थ फुलै नरहेपछि, निर्जीव परिकल्पनाका स्वेतकणिका अद्भुत, अतृप्त औ भयानक, अकारण यसरी अन्त्य! पुनर्जीवनका अध्यायहरु, व्यग्र चेतन औ स्फुरित मस्तिष्क, छाव तन्नम र मधुरिमा, शालीन र एब्सट्रयाक्टझैँ लाग्ने अप्रिय/अर्धप्रिय/खिन्न औ शिथिल मुस्कान, वाइनको गिलासझैँ पूर्ण/अपूर्ण, निर्जीव/सजीव, क्यानाभासै ठिक तिमी त!





सजीव परिकल्पना बाहिरकी, तिमी जे बोल्छौ उन्नत तिम्रा आखाहरू बोल्छन, सोच्छन ओठहरु, निर्जीव तिमीमा यी सब छन् जो तिमी आफैसग छैनन् या म देख्न नसकू... तिमी यन्त्र हौ, वागहरु औधी प्यारो लाग्नु, स्याँठ छल्दै त्यहि टहलिनुमै मज्जा छ, तिमीमा त्यो छैन!

Comments

Popular posts from this blog

Home

कृतवेदिन्: आभारका दुइ शब्द

लाउरा